पोखराका थप २ वडामा किसान बजार बिस्तार

पोखरा । पछिल्लो पटक पोखरा महानगरपालिकाले वडा नं.२ र ७ मा किसान बजार विस्तार गरेको छ । ग्रामीण क्षेत्रका वडाहरूमा उत्पादित ताजा तरकारीहरूको बजार व्यवस्थापन गर्दै महानगरपालिकाद्धारा सञ्चालित कृषि एम्बुलेन्स मार्फत ढुवानी गरिएको कृषि उपजहरू यस प्रकारका कृषि बजारहरू मार्फत विक्री वितरण हुँदै आएको छ ।

यसले उत्पादक र उपभोक्तालाई सिधा जोड्ने काम गरेको पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।
ग्रामीण क्षेत्रका कृषकहरूलाई थप उत्पादन वृद्धिमा हौसला प्रदान गर्दै महानगरपालिकाले बिउ, बिरुवा र मल लगायतका अनुदान लगायतका कार्यक्रम समेत सञ्चालन गरिएको उनले बताए ।
महानगर क्षेत्रमा उत्पादित कृषिजन्य उपजहरूको सङ्कलनका लागि २१ स्थानमा सङ्कलन केन्द्र, १० स्थानमा किसान बजार र विभिन्न वडा तथा स्थानीय टोल विकास संस्थाहरूको समन्वयमा विक्री केन्द्रहरू सञ्चालन गरिएको छ ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया