लेकसाइडस्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी

समाधान संवाददाता २०८१ साउन १६ गते १६:१५

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइड नारेश्वरस्थित मुक्तिनाथ सपिङ सेन्टरमा आगलागी भएको छ । मंगलबार राती २ः१५ बजे भएको आगलागीबाट एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।


राति नै प्रहरी र दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

Advertisement


स्याङजाका सुजन गहतराजले सञ्चालन गरेकाे सपिङ सेन्टरमा भएका सबै सामान जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

विद्युत सर्ट भएर आगाेलागी भएको हुन सक्ने प्रहरीकाे प्रारम्भिक आंकलन छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया