हिमालय अर्गनाइजेसनले पोखरा क्षेत्रमा दीपलका गाडी बेच्ने

पोखरा । दीपल गाडीका लागि पोखराको आधिकारिक बिक्रेतामा हिमालय अर्गनाइजेसन अन्तर्गतको हिमालय मोट्रक्स प्रालि नियुक्त भएको छ । पछिल्लो समयमा नेपाली बजारमा लोकप्रिय बनेको चिनियाँ विद्युतीय गाडी दिपलको लागि नेपालको आधिकारिक बिक्रेता एमएडब्लु बृद्धि अटोकर्पले पोखरा क्षेत्रका लागि हिमालय अर्गनाइजेसनलाई डिलर नियुक्त गरेको हो ।
दीपलको एस०७ र एल०७ लगायत अन्य मोडलहरु उपलब्ध हुने बताइएको छ । गाडी बुकिङ गर्ने ग्राहकलाई एक साताभित्रै गाडी उपलब्ध गराइने बताइएको छ । दीपलको एस०७ इ एसयुभी ‘इन्टेलिजेन्ट’ र ‘लक्जरियस’ रहेको कम्पनीको दावी छ । नेपालमा यो गाडीकोे मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सिंगल चार्जमा ४१० किमी रेन्ज प्रदान गर्दछ । एल ०७ को मूल्य ६६ लाख ९९ हजार रुपैयाँ पर्छ ।
हिमालय अर्गनाइजेसन फोर्स मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता हो । विगत ३ दशक भन्दा बढी समयदेखि यो समूह अटोमोबाइल व्यवसायमा सक्रिय छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया