घट्यो पेट्रोलियमको भाउ

पोखरा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
पेट्रोलको मूल्य प्रतिलिटर एक रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर दुई रूपैयाँले घटेको निगमले जनाएको छ।
इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको मूल्यप्रतिलिटर ९८ पैसा र डिजेलको मूल्य प्रतिलिटर २.२८ रूपैयाँले घटेर आएपछि निगमले मूल्य घटाएको हो।
पेट्रोल र डिजेलको मूल्य घटे पनि एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७.५० रूपैयाँ र डिजेलको मूल्य प्रतिलिटर १५५.५० रूपैयाँ कायम भएको छ।
त्यस्तै दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रूपैयाँ र डिजेलको प्रतिलिटर मूल्य १५७ रूपैयाँ कायम भएको छ।
तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य पेट्रोल प्रतिलिटर १७० रूपैयाँ र डिजेल प्रतिलिटर १५८ रूपैयाँ कायम भएको निगमले जनाएको छ।










कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया