पोखरामा खुल्यो पोशाक घर

समाधान संवाददाता २०८१ साउन १८ गते १३:१७

पोखरा ।
नेपाली उत्पादनलाई जोड दिँदै पोखरामा राष्ट्रिय पोशाक घर खुलेको छ । ७ वर्षदेखि काठमाडौंको बानेश्वरमा सञ्चालनमा रहेको राष्ट्रिय पोशाक घरलाई कास्की र आसपासका जिल्लाका सेवाग्राहीको पायक पार्न पोखरामा विस्तार गरिएको हो ।

Advertisement


पोखरा, न्युरोडमा रहेको पोशाक घर बुधबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापति, ख्यातिप्राप्त गायक प्रकाश लगायतले उद्घाटन गरेका छन् । दौरासुरुवाल, टोपी लगायत सटिङ सुटिङमा स्थानीय उत्पादनबाट बनेका नेपाली पोशाकलाई जोड दिँदै पोखरामा पोशाक घर स्थापना गरिएको हो ।


ढाका टोपी, दौरासुरुवाल, राष्ट्रिय पोशाक दिवस मनाउने अभियानकै क्रममा काठमाडौंको बानेश्वरमा खोलेको पोशाक घरलाई इजी ग्रुपले पोखरा भित्र्याएको छ । पोखरालाई आधार क्षेत्र बनाएर नेपाली उत्पादन र स्थानीय कच्चा पदार्थको प्रयोगमा जोड दिँदै पोखरामा शाखा खोलिएको राष्ट्रिय पोशाक घरका श्याम बजगाईंले जानकारी दिए ।

Advertisement


पोखराका विभिन्न सरकारी कार्यालयदेखि अस्पताल होटल, मललगायत विभिन्न कम्पनीमा १ हजाभन्दा बढी कामदार उपलब्ध गराएको कम्पनी हो इजी ग्रुप । इजीले होटल, सरकारी संघ, संस्था एनजिओ, आइएनजिओलाई आवश्यक कर्मचारीको मागलाई परिपूर्ती गर्ने गरेको संस्थापक रामप्रसाद कडेंलले जानकारी दिए ।


यसले विभिन्न क्षेत्रमा लगानी र अवसरको सिर्जना गर्दै आएको छ । यसले अहिले लेकसाइडमा चौतारी बुटिक होटलसमेत चलाएको छ ।

Advertisement


गोर्खा ल्यान्ड सेक्युरिटीमार्फत विभिन्न कम्पनीमा सेक्युरिटी गार्ड उपलब्ध गराउने गरेको छ । इजी हस्पिटालिटी सपमार्फत नेपाली हर्बल प्रोडक्टहरुको बिक्री गर्ने गरेको छ भने चौतारी इन्टरनेसनल प्रालिमार्फत डाइपर, प्याड जस्ता विभिन्न बिक्री गर्ने गरेको छ । इजी ट्रेडिङका नाममा सरसफाइका सामान बिक्री भइरहेको कडेंलले बताए ।


समूहले पोखरामा ५० करोड रुपैयाँभन्दा बढी विभिन्न क्षेत्रका व्यवसायमा लगानी गरेको छ। । पोखरा उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका इजीका कडेंल र पोशाक घरका बजगाईंले सहकार्यमा पोखराबाट राष्ट्रिय पोशाक र नेपाली उत्पादनलाई जोड दिँदै व्यवसाय थालेका हुन् ।


पोशाक घरका पोशाकको गुणस्तरमा एकै रुपमा दिन काठमाडौंबाट दक्ष जनशक्ति उपलब्ध गराएर पोखरामा सेवा सुरु गरिएको छ । तानबाट बुनिएका घरमा अल्लो, ओक्ता, ढाका, कोगटी, गाँजा लगायतका पोशाकलाई जोड दिँदै पोखरामा शाखा खोलिएको उनको भनाइ छ ।


पोखरा उद्योग वाणिज्य संघका अध्या पवन प्रजापतिले उद्योग, व्यवसायी र सेवाका क्षेत्रमा इजी ग्रुले नवीन काम गरिरहेको बताउँदै पोशाक घर पनि सफल हुने बताए । नाफामात्रै कमाउनेतिरभन्दा गुणस्तरीय सेवामा उनले जोड दिए ।


गायक प्रकाश सपुतले राम र श्याम मिलेर पोखरामा दिन थालेको सेवाले धेरै जनाको जीवन र संस्कृतिसँग जोड्ने बताए । देशमा केही छैन भन्ने ठूलो समूहले राम र श्यामको सहकार्य व्यावसायिक क्षेत्रमा नयाँ ढंगले सोच्न सन्देश दिएको सपुतको भनाइ छ । पोशाक घरमा १ करोड लगानी भएको छ ।

तपाईको प्रतिक्रिया