केदारेश्वर मन्दिरमा सरसफाइ र बिरुवा गोडमेल

पोखरा ।
लायन्स क्लब अफ पोखरा मर्दीले पोखरा ६ बैदाममा रहेको केदारेश्वर मन्दिरमा सरसफाइ बोट बिरुवा गोडमेल गरेको छ ।
मन्दिरको गेटदेखी मन्दिरसम्म गरिएको सरसफाइमा पाँच बोरा फोहोर संकलन भएको छ ।
क्लबको वार्षिक योजना अनुसार सरसफाइ र बिरुवाको संरक्षण गरेको क्लबका अध्यक्ष श्याम भुषालले जानकारी दिए ।
उनले मन्दिरमा सोमबार आएका भक्तजनका कारण फोहोर भएकाले मंगलबार बिहान सरसफाइ गरिएको उनको भनाइ छ ।
मुख्य गरी प्लास्टिक लगाएतका फोहोर संकलन गरिएको भुषालले बताए । मन्दिर, पानीका मुलहरु, घर वरपर सरसफाइ गर्नुपर्ने सिजन अहिले भएको उनले बताए ।
अघिल्लो वर्षहरुमा लगाइएका बिरुवा गोडमेल गरेको र १२ वटा बिरुवालाई टिगार्ड लगाइएको क्लबका सचिव उमाकान्त रिजालले जानकारी दिए ।
कार्यक्रममा डिष्टिक जोन चियरपर्सन मनोजकुमार अधिकारीले बिरुवाको गोडमेल गर्दै बिरुवा लगाएर मात्रै नहुने, त्यसलाई हुर्काउनु ठुलो कुरा भएको बताए ।









लेखनाथ खानेपानीद्वारा कर र ब्याजदरमा सहुलियतको माग
खनाललाई लेखनाथ र अधिकारीलाई शेर–विष्णु पत्रकारिता पुरस्कार प्रदान
कठ्याङ्ग्रिँदो चिसोमा पनि मुक्तिनाथमा दर्शनार्थीको चहलपहल
समानुपातिक सूची सच्याउँछाैँ : रवि लामिछाने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया