जनप्रकाश क्याम्पसमा महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रम

पोखरा ।
जनप्रकाश बहुमुखी क्याम्पसमा मंगलबार महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रम भएको छ ।
समाजमा विकृतिको रुपमा रहेको महिला हिंसा न्युनिकरणको लागी सम्बन्धित पक्षलाई सचेतना गराउने उद्देश्यले क्याम्पसको नेहेप इकाइको आयोजनामा कार्यक्रम भएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षेक बसन्तकुमार शर्माले सहभागीलाई महिला हिंसा के हो, न्युनिकरणका उपाय, महिला हिंसाको वर्तमान अवस्था, सो सम्वन्धी नेपाल सरकारले तोकेको डण्ड जरीवानाको प्रावधान, साथै यसबाट बच्ने उपायको बारेमा प्रशिक्षण गराएका थिए ।
नेहेप कोअडिनेटर एवं प्राध्यापक संघका सभापति युवराज लामिछानेको सभापतित्वमा सञ्चालित कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कार्यवाहक अध्यक्ष होमनाथ पौडेल, क्याम्पस प्रमुख ऋषिराम बुढाथोकी, लेखा संयोजक सुरेन्द्रराज अधिकारी, सहभागिको तर्फबाट सुजता लामिछाने, लक्ष्मण थापा क्षेत्रीले धारणा राखेका थिए ।
कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीको सहभागीता थियो । कार्यक्रम सञ्चालन सहायक क्याम्पस प्रमुख अर्जुन ओझाले गरेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया