सञ्चारमन्त्री गुरुङद्वारा रासस गण्डकी प्रदेश कार्यालयको निरीक्षण
समाधान संवाददाता
२०८१ साउन २६ गते ५:०७

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार पोखरास्थित राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश कार्यालयको निरीक्षण गरेका छन् ।
“राससका नाममा देशभर रहेका जग्गालगायत भौतिक सम्पत्तिको सही सदुपयोग गर्ने गरी योजना बनाउनु आवश्यक छ”, निरीक्षणका क्रममा उनले भने । मन्त्री गुरुङले राससको संस्थागत सुदृढीकरणमा मन्त्रालयको तहबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले पत्रकारको वृत्ति विकासमा पनि आफ्नो जोड रहने बताए । “राससको प्रभावकारिता वृद्धिमा तपाईंहरूको ठाउँबाट इमान्दारीका साथ लाग्नुहोस्, मेरोतर्फबाट सकेको सहयोग गर्छु”, मन्त्री गुरुङले भने ।
निरीक्षणका क्रममा कार्यालय प्रमुख वासुदेव पौडेलले रासस प्रदेश कार्यालयको अवस्था र सेवाबारे मन्त्री गुरुङलाई जानकारी गराएका थिए । मन्त्री गुरुङसमक्ष उनले पोखरामा रासस प्रदेश कार्यालय भवन निर्माणमा सरकारको सहयोगको खाँचो औँल्याए ।
सो अवसरमा मन्त्री गुरुङले राससको स्वामित्वमा रहेको जग्गाको स्थलगत निरीक्षणसमेत गरे । उनलाई प्रमुख पौडेललगायत राससकर्मीले कार्यालयमा स्वागत गरेका थिए ।
सम्बन्धित








‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया