कोड फर चेन्ज–पोखरा इन्टरनेट सहकार्य

पोखरा ।
पोखरा क्षेत्रका आइटी विद्यार्थीको सीप र अवसर वृद्धि गर्न कोड फर चेन्ज पोखरा र पोखरा इन्टरनेटले साझेदारी गरेका छन् । दुवै संस्थाले समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका हुन् ।
विद्यार्थीलाई आवश्यक सीप सिक्न, सञ्जाल निर्माण गर्न र करियरका लागि तयार हुनसाझेदारीले सहयोगी वातावरण प्रदान गर्ने विश्वास दुवै संस्थाले लिएका छन् । साझेदारीले आइटी विद्यार्थीलाई ह्याकाथन, कार्यशाला र बुट क्याम्पहरूमा सहभागी गराएर उनीहरूको व्यावहारिक सीप विकास गर्ने अवसर उपलब्ध गराउनेछ ।
पोखरा इन्टरनेट प्रालिले यी कार्यक्रममा भरपर्दो इन्टरनेट कनेक्टिविटी प्रदान गर्ने र कोड फर चेन्ज पोखरासँग आबद्ध विद्यार्थीलाई इन्टर्नसिप तथा रोजगारका अवसर उपलब्ध गराउनेछ । साझेदारीले पोखरा क्षेत्रका आइटी विद्यार्थीको शैक्षिक अनुभवलाई मात्र सशक्त बनाउने छैन, बरु यस क्षेत्रको प्रविधि विकास र समुदायको प्रगतिका लागि साझा प्रतिबद्धतालाई पनि उजागर गर्ने छ ।
दुवै संस्थाले मिलेर काम गर्ने र पोखरामा आइटी पेशेवरहरू नयाँ पुस्तालाई तयार गर्ने लक्ष्य राखेका छन् । कोड फर चेन्ज पोखराले अघिल्ला वर्षमा ह्याकाथन, कार्यशाला र तालिमहरू सफलतापूर्वक सञ्चालन गरिसकेको छ । अब पोखरा इन्टरनेटसँगको सहकार्यले ती कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
सहकार्यले विद्यार्थीलाई प्रविधि उद्योगमा प्रतिस्पर्धी बनाउन मद्दत गर्ने र उनीहरूको करियरको मार्ग उजागर गर्ने विश्वास गरिएको छ ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया