नेपाली भाषा परिषद्को हिज्जे

पोखरा ।
नेपाली भाषा शिक्षक परिषद् कास्की नेपालले माविस्तरीय हिज्जे प्रतियोगिता आयोजना गरेको छ । शुक्रबार र शनिबार भएको प्रतियोगिताबाट न्याश्नल इन्भेन्टिभ मावि प्रथम, भाष्कर मावि द्वितीय, ग्लोबल कलेजियट तृतीय, केफ मावि चौथो र मदरल्यान्ड मावि र शान्तिबाटिका मावि सान्त्वना बनेका छन् ।
‘भाषा सभ्यताको संवाहक हो’ भन्ने उद्घोषका साथ स्थापना भएर नेपाली भाषा शिक्षणसँग सम्बन्धित विभिन्न शिक्षक केन्द्रित र विद्यार्थीकेन्द्रित कार्यक्रमका साथै भाषिक अनुसन्धानमुलक कार्य गर्दै आएको छ । प्रतियोगिताबाट ५९ समूह सहभागी थिए ।
हिज्जे प्रतियोगिताको निर्णायकमा नेपाली भाषा शिक्षक परिषद्का सल्लाहकार डोलराज अर्याल, उपाध्यक्ष बिक्रम पौडेल, महासचिव शिवहरि सुवेदी, सचिव नारायण पराजुली, शशिशिशिर ढुंगाना लगायत थिए ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका प्रमुख अम्बिकाप्रसाद आचार्यले यस्ता कार्यक्रमले विद्यार्थीमा नेपाली भाषाका शब्द भण्डार विकास हुनुका साथै भाषिक प्रयोगको क्षमता वृद्धि हुने धारणा राखे ।
संस्थाका अध्यक्ष डिल्लीराम अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली भाषा शिक्षक परिषद्का सल्लाहकार प्राडा रामनाथ ओझा, उपप्रा डा बोधराज ढकाल, प्याब्सन कास्की अध्यक्ष मथुराप्रसाद पौडेल, संस्थाका उपाध्यक्ष विक्रम पौडल, वरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद लम्साल, सचिव नारायणप्रसाद पराजुली लगायतले बोलेका थिए ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया