एकल अंक ब्याजदरमै ऋण दिँदै रोयल सहकारी

पोखरा ।
पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक मन्दीका कारण समस्यामा परेका सदस्यलाई लक्षित गरी एकल अंक ब्याजदरमै ऋण प्रवाह गरिरहेको छ । संस्थाका ऋण विभाग प्रमुख परमेश्वर दाहालका अनुसार मिसन संस्थाले लागु गरेको १ सय योजना अनुसार ९.९९ प्रतिशत ब्याजदरमा ५ लाखदेखि १ करोडसम्म ऋण प्रवाह भइरहेको जानकारी दिए ।
यो योजना १ सय दिनसम्म लागु हुने र यस योजना अन्तर्गत साँवा एवं ब्याज नियमित भुक्तानी गरेमा ऋण लिएको १ वर्षसम्म ब्याज वृद्धि नहुने र समय अनुसार ब्याजदर कम भएमा भने सोही अनुसार कम हुने जनाए ।
२ दशकभन्दा बढीदेखि पोखरालाई कार्यथलोको रुपमा कारोबार गरिरहेको सहकारीको कास्की, स्याङ्जा, तनहुँ, लमजुङ र पर्वत गरी ५ जिल्ला कार्यक्षेत्र, प्रधान कार्यालयसहित ४ वटा सेवा कार्यालय र ९ हजार ३ सय ५६ जना सदस्य छन् ।
संस्थाले हाल १ हजार ३ सयभन्दा बढीलाई व्यापार व्यवसाय, कृषि, पर्यटन, लघुउद्यम, वैदेशिक रोजगार, शैक्षिक र घरायसी लगायत शीर्षकमा १ अर्ब ६८ करोड लगानी गरेको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी दिए ।
संस्थाले ग्रामीण महिलालाई लक्षित गरी सहकारी समूह कर्जासमेत सञ्चालन गरिरहेको छ । हाल कास्की, तनहुँ र स्याङ्जाका ९ पालिकामा सञ्चालित यो कार्यक्रममा २ हजार महिला आवद्ध छन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया