दाहालको नेतृत्वमा नाट्टा गण्डकी

पोखरा ।
नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभस एजेन्टस् नाट्टा गण्डकीको अध्यक्षमा किशोर दाहाल निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको अधिवेशनले दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको महासचिव चेतबहादुर कार्की, सचिव नवराज भण्डारी, सह–कोषाध्यक्ष सन्दीप श्रेष्ठ चयन भएका छन् । उनीहरू सर्वसम्मत निर्वाचित भएका हुन् ।
अरु पदमा निर्वाचन भएको थियो । प्रथम उपाध्यक्षमा संगीता पौडेलले प्रतिस्पर्धी कमला गिरीलाई पराजित गरेकी छिन् । संगीताले ८२ मत प्राप्त गर्दा कमलाले ४२ मत मात्रै पाइन् । द्वितीय उपाध्यक्षमा राजेश पहारी ६५ मत सहित विजयी भए । उनका निकटतम प्रतिस्पर्धी विश्वराज आचार्यले ६२ मत प्राप्त गरे ।
कोषाध्यक्षमा सुवास पहारी ८६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी सुशीला सिग्देलले ४० मत प्राप्त गरिन् । सदस्यहरुमा प्रतीक लामिछाने (१०२ मत), छवि रमण पौडेल (९९ मत), पदमराज आचार्य (८५ मत), विजय पौडेल (८१ मत) र तुलबहादुर गुरुङ (७१ मत) विजयी भए । समितिको ५ सदस्य पदका लागि ७ जना चुनावी प्रतिस्पर्धामा थिए ।






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया