रोमिङमा समेत एसएमएस ओटिपी सेवा

समाधान संवाददाता २०८१ साउन ३१ गते १७:२५

काठमाडौं ।

Advertisement

एनसेलका सबै मोबाइल ग्राहकहरुले कुनै पनि सर्ट कोड वा सेवा प्रदायकले पठाएका वान टाइम पासवर्ड (ओटिपी), एसएमएस र अन्य एसएमएसमार्फत आउने जानकारी तथा सूचना आफ्नो मोबाइलमा प्राप्त गर्न सक्छन् । यसरी प्राप्त गरिने वा पठाइने जानकारी तथा सूचनाले केवाईसीमा मोबाइल नम्बर चाहिने र नेपाली नागरिकलाई आफ्ना सेवा, सुविधाका बारेमा जानकारी तथा सूचित गराउन डाटा बेस राख्ने सरकारी निकायलाई ठूलो महत्व राख्छ ।


विविध डिजिटल सेवाहरूको प्रयोग बढ्दो क्रममा रहेको हालको अवस्थामा ग्राहकले एप्लिकेसन ु पर्सन (एटुपी) म्यासेजहरु जस्तै ओटीपी, एसएमएस र अन्य नोटिफिकेसनका रुपमा प्राप्त गर्ने गर्दछन् । यस्ता ओटिपी, एसएमएस र नोटिफिकेसनहरु सरकारी निकाय, अर्ध–सरकारी निकाय, बैंक तथा वित्तीय संस्था, विभिन्न सेवा प्रदान गर्ने निजी क्षेत्रका संघ, संस्था र गुगल र फेसबुक जस्ता विश्वव्यापी प्लेटफर्महरूले पठाउँछन् ।


‘हाम्रा कुनै पनि नम्बर रेन्जमा एटुपी म्यासेज वा नोटिफिकेसन डेलिभरीको समस्या छैन । हरेक वर्ष बढिरहेको एटुपी म्यासेज प्रवाह डिजिटलाइजेसनको सकारात्मक सूचक हो, जसले हाम्रा ग्राहक सधैं अन रहेको देखाउँछ,’ एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने ।


एनसेलको नम्बरमा एसएमएस, ओटिपी र नोटिफिकेसन नआउने भन्ने गलत बुझाइका बारेमा स्पष्ट पार्दै एनसेलले देशभित्र र बाहिर विदेशमा रोमिङमा भएको बेलामा एनसेलका सबै नम्बरमा यस्ता जानकारी तथा सूचना प्राप्त गर्न योग्य रहेको जनाएको छ । एनसेलले अन्य सर्ट–कोड सञ्चालक तथा सेवा प्रदायकलाई पनि उनीहरूका प्रणालीमा एनसेलको नयाँ ९७० नम्बर रेन्ज समावेश गर्न आग्रह गरेको छ ।

Advertisement


एनसेलले आफ्ना ग्राहकलाई सुविधा अझै विस्तारित गर्ने योजना अनुरुप गत वर्षदेखि नै यो नयाँ नम्बर रेन्जमा मोबाइल नम्बरहरू जारी गर्न थालेको हो । ‘केही सर्ट–कोड सञ्चालरू वा सेवा प्रदायक हुन सक्छन् जो हाम्रो नयाँ ९७० नम्बर रेन्जका बारेमा अनभिज्ञ छन्, त्यसैले हामी त्यस्ता सेवा प्रदायलाई पनि आफ्नो सिस्टमलाई अपडेट गरेर हाम्रो यो नयाँ रेन्ज अनुकूल बनाउन अनुरोध गर्दछौं ।

सबै एनसेलका नम्बर सिरिज लोकल आगमन कल र अन्तर्राष्ट्रिय कलहरूको लागि पनि पहुँच योग्य छन्,’ मोहसिनले भने । यसबाहेक, केही समस्या भए ग्राहक र सर्ट कोड सञ्चालकहरुले एनसेल कस्टमर केयर वा इन्टरप्राइज टोलीसँग सम्पर्क गरेर आफ्नो कुरा राख्न सक्छन् ।

तपाईको प्रतिक्रिया