खेलकुद
जनमुक्ति (ठिनी)र फाईप स्टार(जोमसोम)फुटबल र आर्चरी च्याम्पियन
फाईप स्टार जोमसोम आर्चरी च्याम्पियन

जोमसोम— वारागुङ मुक्तिक्षेत्र—१ पुराङ रानीपौवामा संञ्चालित यार्तुङ मेला २०८१ अन्र्तगत शनिबार सम्पन्न सेभेन ए साईड फुटबल प्रतियोगिताको फाईनल प्रतियोगितामा जनमुक्ति युवा क्लव यार्तुङ मेला सेभेन ए साईड फुटबल प्रतियोगिता २०८१ को उपाधि च्याम्पियन बनेको छ ।
जनप्रिय युवाक्लव मुक्तिनाथ पुराङ रानीपौवाद्वारा आयोजित सेभेन ए साईड फुटबल प्रतियोगितामा थोरङ्लापास युवाक्लव खिङ्गालाई (३—१) गोल अन्तरले हराउँदै जनमुक्ति युवाक्लव ठिनी सेभेन ए साईड फुटबल प्रतियोतिाको उपाधि च्याम्पियन बनेको हो । मुक्तिनाथ स्थित पुराङ रानीपौवाको खेल मैदानमा आयोजित सेभेन ए साईड उपाधि भिडन्तका लागि जनमुक्ति युवाक्लव ठिनी र थोरङ्लापास युवाक्लव खिङ्गा आमने—सामने भएका थिए ।
पहिलो हाफ २० मिनेट र दोश्रो हाफ २० मिनेट गरी कुल ४० मिनेट समय तोकेर संञ्चालन गरिएको सेभेन ए साईड फुटबल प्रतियोगिताको पहिलो हाफको सुरुवाती चरणमा गोल गर्दै थोरङ्लापास युथक्लव खिङ्गाका जर्सी नम्बर १८ का ठिले गुरुङले टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमै सुरुवाती अग्रता कायम गरेको थोरङ्लापास युथ क्लवको अग्रत ३ मिनेट पनि टिक्न सकेन । जनमुक्ति युवाक्लव ठिनीका लागि जर्सी नम्बर ७ का खेलाडी आकाश थकालीले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई बराबरीमा ल्याउन सफल भए ।
पहिलो हाफमा आफ्नो टिमलाई बराबरीमा ल्याउन सफल जनमुक्ति युवाक्लव जर्सी नम्बर ७ कै खेलाडीले पून ः दोश्रो गोल गर्दै आफ्नो टिमलाई एक गोलको अग्रता दिलाए । त्यसपछिको पहिलो हाफको अन्तिम अन्तिम समयमा जनमुक्तिका खेलाडीलाई थोरङ्लापासका खेलाडीले डिबक्स भित्र फाउल गर्न पुगेपछि जनमुक्तिका जर्सी नम्बर १० का खेलाडी हितकाजी थकालीले पेनाल्टी मार्फत गोल गरे । योसंगै खेलको पहिलो हाफमा (३—१) गोलको अग्रता गरेको जनमुक्तिले दोश्रो हाफमा केही राम्रो अवसर प्रापत गरेपनि गोलमा परिणत गर्न सकेन । यस्तै थोरङ्पास युथक्लव खिङ्गाका खेलाडीले अन्तिम समयसम्म खेलमा फर्किने प्रयास गरेपनि सार्थकता पाउन सकेन । जसका कारण थोरलापास युथ क्लव लगातर ३ पटक च्याम्पियन बन्ने सपना गोल स्कोरको नतिजा निकाल्न नसक्दा ह्याट्रिक गर्नबाट चुक्यो । यसअघि २०७८ को मुक्तिनाथ यार्तुङ मेला फुटबलमा प्रतियोगितामा जनमुक्ति च्याम्पियन बनेको थियो ।
रानीपौवा मुक्तिनाथ खेलमैदानमा भएको अन्तिम उपाधि भिडन्तमा आफ्नो टिमलाई २ गोलको योगदान गर्दै जनमुक्तिका जर्सी नम्बर ७ का आकाश थकाली चम्किएक छन् । यार्तुङ मेलाको अवसरमा आयोजित फुटबलको फाईनल खेल अवलोकनका लागि मुक्तिनाथ खेलमैदान दर्शक तथा समर्थकहरुले भरिभराउ थियो ।
यार्तुङ मेला सेभेन ए साईडको च्याम्पियन जनमुक्ति युवाक्लव ठिनीले नगद ६० हजारसहित शिल्ड,मेडल,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । दोश्रो हुने उपविजेता थोरङलापास युथ क्लव खिङ्गाले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र पाउँने छ ।
फाईप स्टार जोमसोम आर्चरी च्याम्पियन
मुक्तिनाथ यार्तुङ मेला २०८१ अन्र्तगत शनिबार सम्पन्न आर्चरी प्रतियोगितामा फाईप स्टार जोमसोम च्याम्पियन बनेको छ । छिमेकी जिल्ला मनाङसहित कुल १८ टिमको सहभागिता रहेको आर्चरी प्रतियोगिता कुल ११ डोरमा खेलाईएको थियो । प्रत्येक टिमबाट ५ जनाले भाग लिन पाउँने गरी कुल ११० पुर्णाङ्कमा भएको आर्चरी प्रतियोगितामा फाईप स्टार जोमसोमले १०२ अंक बटुल्दै उपाधि च्याम्पियन बनेको हो । प्रतियोगितामा उपविजेता शेरथाङ लुङबुल युथक्लव (फल्याक) भयो भने ब्रदर युनाईडेड तेश्रो भयो । शेरथाङ लुङबुक युथले कुल ११० पूर्णाङकमा ९९ अंग जोडेको थियो भने युनाईटेड ब्रदरले ९७ अंक जोडेको थियो ।
मुक्तिनाथ यार्तुङ मेला आर्चरी प्रतियोगिताको च्याम्पियन फाईप स्टार जोमसोमले नगद ७० हजारसहित शिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेता शेरथाङ लुङबुक युथ फल्याकले नगद ३० हजारसहित मेडल र प्रमाणपत्र पाउँने छ ।
यस्तै प्रतियोगिताको तेश्रो स्थान सुरक्षित गर्न सफल ब्रदर युनाईटेड जोमसोमले नगद २० हजारसहित मेडल र प्रमाणपत्र पाउँने छ ।
प्रतियोगिताको आर्चरीतर्फ सर्वोउत्कृष्ट खेलाडी मनाङ स्थित ङिसाङ युथ क्लवका धार्जे गुरुङ घोषित भए । यस्तै सर्वोउत्कृष्ट खोलर जनप्रिय युवाक्लव खेलाडी छेम्फेल ठकुरी घोषित भए ।









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया