पर्यटन प्रवद्र्धन गर्न पदयात्रा

पोखरा ।
पर्यटन प्रवद्र्धनक लागि सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा कालिकाले शनिबार पोखरा महानगरपालिका वडा नम्बर २८ मा पदयात्रा गरेको छ ।
पोखरा २८ को वडा कार्यालयको सहकार्यमा भएको पदयात्रामा धार्मिक, ऐतिहासिक स्थलको अध्ययन अवलोकन गरिएको संस्थाका अध्यक्ष विकल केसीले जानकारी दिए । कालिका झाँझरमारे स्थित अर्घौमौला कालिका भगवती मन्दिरको दर्शन गरी सुरुवात भएको पदयात्रा शान्ति मैदान, काल भैरव कोट मन्दिर ठूलाकोट देउमाढी हुँदै ठुलाकोट फर्केर ओख्ले भएर तम्लेकमा आएर समापन भएको थियो ।
पोखरा २८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले जताततै कोट मन्दिर रहेको कालिका पर्यटकीय धामिक हिसाबले महत्वपूर्ण भएको बताए । ‘बेलायतका राजकुमार चाल्सले भ्रमण गरेको पर्यटकीय पदमार्ग रोयल ट्रेकको नामले विश्वमा परिचित छ,’ उनले भने, ‘कोट तथा मन्दिरसम्म जान सिंढी बाटो निर्माणदेखि पूर्वाधार निर्माण गरेर स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षण गर्न वडा कार्यालयले योजनाबद्ध ढंगले काम गरेको छ ।’
उनले पोखरा तथा लेखनाथबाट कालिका माझठाना जान स्तरीय सडक पूर्वाधार निर्माण भएको जानकारी दिए । पदयात्रामा नेपाली कांग्रेस कास्कीका पूर्व सभापति कृष्ण केसी, कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षत्री, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा, सशस्त्र प्रहरी बल कालिका गणका प्रहरी उपरीक्षक अरुण शर्मा, प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्मा, सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुली लगायत कास्कीका सात वटा सेवा केन्द्रका प्रतिनिधिको सहभागिता रहेको छ ।
नेपाली कांग्रेस कास्कीका पूर्व सभापति केसीले घुम्न आउने पर्यटकका लागि कालिका आसपासका क्षेत्रमा स्तरीय होटल खुलेको बताए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी क्षेत्रीले कालिको पर्यटन प्रवद्र्धनमा स्थानीय प्रशासनबाट सहयोग गर्ने उल्लेख गरे । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले शान्ति सुरक्षामा ध्यान दिएर पर्र्यटनमैत्री वातावरण निर्माणमा ध्यान दिइने प्रतिवद्धता गरे ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया