सामुदायिक भवन बनाउँदै लेखनाथ क्लब

समाधान संवाददाता २०८१ भदौ २ गते १३:३२

पोखरा ।
लेखनाथ क्लबले सामुदायिक बहुउद्देश्यीय भवनलाई सहयोग गर्न अपिल गरेको छ । क्लबले पोखरा २७ घरेलुचौरमा सामुदायिक बहुउद्देश्यीय भवन बनाउँदै छ । भवनका लागि रकम अभाव भएकाले सर्वसाधारण, स्थानीय संघसंस्था, नगरपालिका तथा प्रदेश सरकारलाई क्लबले सहयोग गर्न आग्रह गरेको छ ।

Advertisement


२०८० मा वडा नम्बर २७ को २० लाख रुपैयाँ र जनसहभागिताको १२ लाख रुपैयाँ गरी जम्मा ३२ लाख रुपैयाँमा बहुउद्देश्यीय भवन निर्माणको काम सुरू भएको क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ‘केटाकेटीलाई खेलकुद, मनोरञ्जन साथै समाजमा घुलमिल हुने वातावरण बनाउनुपर्छ । त्यसका लागि हामीले यो भवनको आवश्यकता ठानेका हौं ।’


वडामा भएका सार्वजनिक खाली जमीन अतिक्रमण हुँदै गएको भन्दै संरक्षण तथा स्थानीयहरूले सामूहिक रुपमा उपभोग गर्न मिल्ने गरी बहुउद्देयीय भवनको निर्माण सुरु गरेको क्लबका सल्लाहकार मथुराकुमार श्रेष्ठले बताए । आर्थिक पारदर्शिताको कुरामा आफूहरु सचेत रही काम गर्दै आएको पनि उनले बताए ।

Advertisement


पोखरा महानगरपालिका वडा नम्बर २७ का अध्यक्ष पूर्णकुमार गुरुङले सामुदायिक बहुद्देश्यीय भवनको लागि क्लबलाई सधैँ वडाको साथ र सहयोग रहने प्रतिबद्धता गरेका छन् । सार्वजनिक जमीन संरक्षणमा क्लबले बेला बेला वडासँग छलफल गरी निर्णय गरेको भन्दै भवन सम्पन्नको लागि गर्न सक्ने सहयोग गर्ने बताए ।


८ रोपनी क्षेत्रफलमा एउटा फुटबल मैदान र भवन बन्न लागेको हो । बन्दै गरेको भवनमा ब्याडमिन्टन कोर्ट, योग तथा ध्यान शिविरका लागि हल, सामुदायिक कार्यक्रमहरूको लागि कार्यक्रम हाल रहने क्लबका सचिव सन्दीप थापाले जानकारी दिए । २०५२ सालमा गठन भएको यस क्लब सामाजिक कार्यमा सधैं सक्रिय रहँदै आएको छ । बहुउद्देश्यीय भवन निर्माणको लागि वडा कार्यालय, गण्डकी प्रदेश सरकारको र जनसभागिता गरी अहिले सम्म ४० रूपैयाँ लाख खर्च भइनसकेको छ ।

Advertisement


वडा कार्यकाल आर्थिक वर्ष २०८१/८२ मा ५ लाख वडा २७ कार्यालय र वडा नम्बर २६ र २७ को पहलमा नगरपालिकाबाट १० लाख परेको जानकारी पाएको क्लबले जनाएको छ । इन्जिनियरहरुको स्टिमेट अनुसार यस बहुउद्देश्यीय सामुदायिक भवन सम्पन्नको लागि ९६ लाख रुपैयाँ लागत लाग्ने अनुमान छ ।

तपाईको प्रतिक्रिया