मगर संघ बुढीबजारको सभा

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको नेपाल मगर संघ बुढीबजार इकाई समितिको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापाले आफनो भाषा र संकृतिको रक्षाका लागि फुटेर होइन जुटेर अगाडि बढ्न आग्रह गर्दै बुबाआमाको पेन्सनमा बाच्ने प्रवृत्तिको अन्त्ये गरी हरेक युवालाई उत्पादनसँग जोडनका लागि एक ईकाइ एक उत्पादनको अवधारणाले अगाडि बढ्न सक्नुपर्नेमा जोड दिएका थिए ।
नेपाल मगर संघ कास्कीका सचिव लालबहादुर रानाले नयाँ पुस्तालाई सामाजिक क्षेत्रमा अग्रसर गराउनुपर्ने औंल्याए ।
नेपाल मगर संघ बुढीबजार ईकाइ समितिका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष यमबहादुर थापा मगर, पूर्व अध्यक्ष गणेशबहादुर आले, ईकाइ समितिका सल्लाहकार भोजबहादुर थापा र निर्वतमान उपाध्यक्ष भीमकुमारी सारु लगायतले मन्तव्य राखे । कार्यक्रम सञ्चालन सचिव दल वहादुर मगरले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष कृष्णकुमारी थापा मगरले राखिन् ।









कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया