निर्माण उद्योग परिषदमा आनन्द

समाधान संवाददाता २०८१ भदौ ४ गते ११:४७

लेखनाथ ।
नेपाल निर्माण उद्योग परिषद गण्डकी प्रदेशको तेस्रो साधारण सभा एवं दोस्रो अधिवेशनले आगामी कार्यकालका लागि आनन्द बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement


सर्वसम्मत रुपमा चयन भएको समिति उपाध्यक्षमा किरण गौतम, सचिव दामोदर घिमिरे, सह–सचिव ऋषि गौतम, कोषाध्यक्षमा धीरजकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा पूर्णबहादुर बानिया छन् । समितिका सदस्यमा भूमिचन्द्र घिमिरे, बाबुराम तिमिल्सिना, कृष्ण ढकाल, अनिता अर्याल, दुर्गामान गुरुङ, सुरेशकुमार छेत्री, सरोज पौलेल, सन्दीप खड्का, लोकेन्द्र केसी, चिरिञ्जवी जिसी र कुलमान ठोडा छन् ।


कार्यक्रममा नेकपा एमालेका गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले निर्माण व्यवसायीले बनाउने जुनसुकै संरचना राज्यले तोकेको मापदण्ड पूरा गरिएका हुनुपर्नेमा जोड दिए । उनले नाफा कमाउनका लागि मात्र नभई गुनासो नआउने गरी मजबुत निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरे ।

Advertisement


नेपाल निर्माण उद्योग परिषद गण्डकी प्रदेश अध्यक्ष आनन्द बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण उद्योग परिषदका केन्द्रीय सल्लाहकार ओमप्रसाद गौचन, परिषद केन्द्रका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी पोखरेल, केन्द्रीय उपाध्यक्ष ऋषिराम गौतम, केन्द्रीय सदस्य कृष्ण लम्साल, परिषद कास्की जिल्लाका इन्चार्ज सूर्यनारायण बराल र नेपाल निर्माण उद्योग परिषद गण्डकी प्रदेशका सल्लाहकार सञ्जीवबहादुर कोइराला लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया