श्रवण समस्या भएकालाई दोभाषे
डुम्रे ।
यहाँको व्यास नगरपालिकाले श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीका लागि दोभाषे राखेको छ । नगरपालिकाले दोभाषे राखेपछि श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राही खुसी भएका छन् ।
अहिले नगरपालिकाले दोभाषे राखेर श्रवणशक्ति नभएका र सुस्तश्रवण भएका व्यक्तिलाई सेवा प्रवाह सुरु गरेको हो । उनीहरूले बोलीचालीका सामान्य भाषा सुन्न नसक्दा/नबुझ्दा हुने बताए । श्रवणसम्बन्धी समस्या भएकाको कुरा बुझ्नै समस्या भएपछि सहजीकरण गर्न दोभाषे राखिएको हो ।
नगरपालिकाले दोभाषेका रूपमा ज्ञानु पन्थलाई गत साउन १६ गते नियुक्त गरेको हो । प्रमुख न्यौपानेले भने, ‘भाषा नबुझ्दा निकै समस्या हुन्थ्यो । नगरपालिका संघले दोभाषे राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएर दोभाषे तालिमको व्यवस्था गरेपछि यहाँबाट एक जनालाई पठाएर तालिम प्राप्त गराएर नियुक्त गरेसँगै सेवा प्रवाहमा सहज भएको छ ।’
यसले लक्षित वर्ग पनि हर्षित भएको उनको भनाइ छ । नगर प्रमुख न्यौपानेले थपे, ‘उनीहरूका भाषा बुझ्न मान्छे खोज्नुपर्ने अवस्था थियो । दोभाषे राखिएपछि अहिले नगरपालिका श्रवणसम्बन्धी अपाङ्गतामैत्री बनेको छ । उनीहरूको काम गर्न सजिलो भएको छ ।’
श्रवण शक्तिसम्बन्धी समस्या भएका मनोज थापा र कमल श्रेष्ठ भन्छन्, ‘हामी खुसी भएका छौँ । व्यास नगरपालिकाले हाम्रा कुरा सुन्यो र दोभाषे राखिदिएको छ । बुझाउन समस्या भएको अवस्थामा दोभाषेले बुझाइदिनुहुन्छ ।’ व्यासमा मात्रै नभएर अन्य पालिकाले पनि यस कार्यलाई अनुसरण गरी हामी जस्ता फरक क्षमताका मानिसको समस्या सुल्झाउने प्रयास गर्नुपर्नेमा उनको जोड छ ।
उनीहरु भन्छन्, ‘पहिला नगरपालिकामा काम लिएर आउँदा कसैले पनि नबुझेर लेख्नुपर्ने अवस्था थियो । अहिले सिधैँ समस्या लिएर मेयरसँग कुरा गर्छौँ । अनि समस्या समाधानमा सहज भएको छ । त्यसैले हामी धेरै खुसी छौँ ।’
नगरपालिकाले पन्थलाई ३ महिनाको तालिमपश्चात् दोभाषेका रूपमा नियुक्त गरेको हो । नगरपालिकाभित्र २ सय ९१ मध्ये १ सय ८ श्रवण शक्तिसम्बन्धी समस्या भएका तथा सुस्तश्रवण व्यक्ति छन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया