सरस्वती टीकामा रणनीतिक गोष्ठी

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ३३ स्थित सरस्वती टीका बहुमुखी क्याम्पसको आयोजनामा शनिबार एक शैक्षिक अन्तत्र्रिmया एवं रणनीतिक गोष्ठी सम्पन्न भएको छ । दक्षिण पोखराको एकमात्र सामुदायिक क्याम्पसको रूपमा स्थापित उक्त क्याम्पसले क्याम्पसको दिगो आर्थिक स्रोत व्यवस्थापन तथा स्नातक तह प्रथम वर्ष विद्यार्थीहरूको भर्ना अभियानलाई केन्द्रित गरी सरोकारवालाहरूबीच शैक्षिक गोष्ठीको आयोजना गरेको । क्याम्पस सञ्चालक समितिका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।
गोष्ठीमा पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले क्याम्पसको समग्र शैक्षिक आर्थिक भौतिक विकासका लागि सम्पूर्ण जनताहरूको साथ सहयोग र समर्थन आवश्यक रहेको बताए । सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदानका लागि वडा कार्यालयबाट यस वर्ष भर्ना हुने सम्पूर्ण विद्यार्थीहरूको लागि शुल्क व्यवस्थापन गरिने घोषणा समेत उनले गरे ।
उक्त कार्यक्रममा पोखरा विश्वविद्यालय सामाजिक शास्त्र तथा मानविकी संकायका डीन एवं क्याम्पसका सल्लाहकार समेत रहेका डा. अजय थापाले आफूले समेत यसै क्षेत्रबाट माध्यमिक तह सम्मको शिक्षा प्राप्त गरेकाले क्याम्पसको समग्र विकासका निम्ति सामूहिक एकता र गुणस्तरीय शिक्षा प्रदानको सुनिश्चितता गर्दै अगाडि बढ्नेमा जोड दिए ।
सरस्वती टीका बहुमुखी क्याम्पसका त्रिभुवन विश्वविधालय प्रतिनिधि डा. रामजीप्रसाद पोखरेलले दक्षिण पोखराको समग्र विकासका लागि सरस्वती टीका बहुमुखी क्याम्पस एक शैक्षिक प्रतिष्ठानको रुपमा अगाडि बढिरहेको विचार राखे ।
क्याम्पसका सल्लाहकारहरु केशरप्रसाद निर्दोषी, ऋषिराज आचार्य, यज्ञप्रसाद अधिकारी, श्रीभद्र बराल, पूर्वअध्यक्ष टुकराज भण्डारी, पीताम्बर शर्मा पौडेल, बुद्धिजीवी मोहनप्रसाद भण्डारी, क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष दिनेश आचार्य, राष्ट्रिय कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्की, क्यामपसका वडा प्रतिनिधि प्रकाश कार्की, भरतपोखरी विकास मञ्चका महासचिव गणेशप्रसाद ढकाल, बाघमारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तुलसीमणि अधिकारीले क्याम्पसको समग्र विकासका लागि आफ्नो धारणासहित दिगो आर्थिक स्रोतको व्यवस्थापनमा जोड दिए ।
सरस्वती टीका बहुमुखी क्याम्पसको जीवन रक्षाको निम्ति र दीर्घकालसम्म यस क्याम्पसलाई जीवन्त बनाउन शैक्षिक गतिविधि सञ्चालन गर्नका लागि क्याम्पसको जग्गा दर्ता प्रक्रिया, १ करोड रुपैयाँसम्मको अक्षयकोष, ८ कोठे पक्की भवनको निर्माण तथा आगामी वर्षहरुमा बिबिए लगायत प्राविधिक विषयहरु सञ्चालन गर्न एवं विविध विषयमा छलफल गरी निर्णय भएको थियो ।
कार्यक्रमको सभापतित्व क्याम्पस संचालक समितिका अध्यक्ष डिल्ली राम बराल तथा सञ्चालन क्याम्पस प्रमुख महेन्द्रराज अधिकारीले गरेका थिए ।









हेड्स नेपालद्वारा म्याग्दीका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण
गीत, गगल्स र विनोद गौचन
सम्पादकीय—सडक स्तरोन्नतिमा म्याद थपको शृंखला
फूलबारीको प्रगति टोल विकास संस्थामा गुप्ती गुरुङ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया