पोखरामा ३३ ठाउँबाट निकालियो तायमचाःनृत्य

कास्की । गाईजात्रा पर्वका अवसरमा मंगलबार पोखरामा तायमचाः नृत्य निकालिएको छ । त्यसअवसरमा नेवा खलः कास्कीको आह्वानमा पोखराका विभिन्न ३३ स्थानबाट नृत्य निकालिएको हो ।
नेवा खलका शाखा (कचाः)खलःहरूले तायमचा निकालेको खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिनुभयो । पोखराका हेमजा, लामौचार, बगर, मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, गणेशटोल, रामकृष्णटोल, बगालेटोल, सिमलचौर, राष्ट्र बैंक चोक, पार्दी विरौटा, छोरेपाटन, पृथ्वीचोक, नयाँबजारबाट तायमचाः निकालिएको थियो ।
यसैगरी महेन्द्रपुल, तेर्सापट्टी, रानीपौवा, गौंडाकोमुख, कुँडहर, रामबजार, सिसुवा, अर्घौं, गगनगौंडा, जनताको चौतारा, बागमारा, हंसपुर र देउरालीलगायतका स्थानबाट नृत्य निकालिएको पालिखेले बताउनुभयो । “गाईजात्रा धेरै निस्किए पनि तायमचाः एउटा टोलबाट निकालिन्छ । यो नेवारी समुदायको परम्परागत नृत्य हो”, पालिखेले भन्नुभयो,“पोखरामा बिहानदेखि नै पानी परेकाले दिनभरको झरीमा गाईजात्रा निकालिएको थियो ।”
त्यही अवसरमा यही भदौ ८ गते नेवा तायमचाः नृत्य प्रतियोगितासमेत आयोजना गर्न लागिएको छ । नेवा कचाः खल नयाँबजारको आयोजना तथा नेवा मिसा पुचः नयाँबजार, नेवा ल्याम्ह पुचः नयाँबजार र नेवाः कल्याणकारी गुठीको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।
हरेक वर्ष हुँदै आएको प्रतियोगिताको यस वर्षको शृङ्खलामा २९ टिमले प्रतिस्पर्धा गर्ने प्रतियोगिता सम्पादन समितिका मूल संयोजक शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई नगद रु तीन लाख एक, द्वितीयलाई रु दुई लाख एक, तृतीयलाई रु एक लाख एक र सान्त्वनालाई रु १० हजार एक प्रदान गरिने श्रेष्ठले बताउनुभयो । पोखरामा साढे दुई सय वर्ष पुरानो मानिने यो नाच विसं २०५६ देखि हरेक वर्ष प्रतियोगिताको रूपमा आयोजना हुँदै आएको छ ।
परीको पहिरनमा सजिएका चार जना र एक जना जोकर घुमीघुमी तायमचाः नाचिन्छ । पहिले पुरुषले मात्र नाच्ने गरेकामा एक दशकयता महिलाहरूले पनि नाच देखाउँछन् । कास्कीका राजा सिद्धिनरसिंह शाहको पालामा भक्तपुरका नेवार समुदायले तायमचाः भित्र्याएको किंवदन्ती छ । रासस







सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया