विश्व मानवीय दिवस मनाइयो
पोखरा ।
नेपाल परिवार नियोजन संघ कास्कीले विश्व मानवीय दिवस २०२४ मनाएको छ । स्प्रिन्ट परियोजनाको सहयोगमा विश्व मानवीय दिवस २०२४ कोे अवसरमा यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा मानवताका लागि कार्य भन्ने नाराका साथ उक्त दिवस मनाइएको हो ।
कार्यक्रममा स्वयंसेवक, स्वास्थ्यकर्मी र सरोकारवालाकोे उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विपदकोे समयमा गरिने न्यूनतम प्रारम्भिक सेवाका प्याकेजहरुलाई विशेष गरी यौन तथा प्रजनन् स्वास्थ्यका सेवालाई छिटो, छरितो र सही तरिकाले अवलम्बन गरी उद्धार, राहत, पुनस्र्थापना लगायतका क्रियाकलाप साथसाथै अगाडि बढाउनुपर्ने बिषयमा सबैले ध्यान पु¥याउनुपर्ने निष्कर्ष निकालिएको थियो ।
विशेष गरी यस्तो विपद्को बेलामा राज्यको ध्यान अरु विषयमा बढी हुने तर गर्भवती, सुत्केरी, अशक्त, महिला, बालबालिका, किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यमा ध्यान नपुग्ने र यसले उनीहरूको स्वास्थ्यमा गम्भीर असर गर्ने हुँदा यस्ता बिषयमा सबै पक्ष बढी गम्भीर बन्नुपर्नेमा जोड दिइएको थियो।
कार्यक्रममा नेपाल परिवार नियाजन संघका केन्द्रीय महासचिव अर्जुन सिग्देलले यौन तथा प्रजनन् स्वास्थ्यमा बारेमा सबैलाई जानकारी हुनुपर्ने धारणा राखे । नेपाल परिवार नियोजन संघ कास्की शाखाका वरिष्ठ शाखा प्रबन्धक नवराज तिवारीले दिवसको सन्दर्भ र विपतको समयमा प्रदान गर्नुपर्ने न्यूनतम यौन तथा प्रजनन् स्वास्थ्य सेवाका विषयमा प्रस्तुतिकरण गरे ।
नेपाल परिवार नियोजन संघ कास्की शाखा सभापति नवीन सिग्देलको अध्यक्षतामा कार्यक्रम भएको हो ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया