चाडपर्वमा ‘सफल दही एकदम सही’

पोखरा ।
चाडपर्वमा सफल दही एकदम सहि नारासहित सुजल डेरीको उत्पादन सफल दही उपभोक्ता माझ ल्याइएको छ ।
स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको दहीले चाडपर्वलाई अझ विशेष बनाउन सहयोग गर्ने कम्पनीको भनाइ छ ।
कम्पनीले शुद्ध गाई तथा भैँसीको दूधलाई उच्चस्तरीय प्रविधिद्वारा प्रशोधन गरि बनाइएको बाक्लो र मलायदार सफल दही उपभोगमा सजिलो एवं छिटो हुने जानकारी गराएको छ ।
‘तपाईं र तपाईंको परिवारको सन्तुलित आहारको लागि स्वाद, स्वास्थ्य र सन्तुष्टिले भरिएको सफल दही, एकदम सही छ,’ कम्पनिले भनेको छ, ‘खाँदा मिठो र स्वास्थ्यको लागि फाइदाजनक हुनु यसको विशेषता हो ।
दहीमा रहेको क्याल्सियम, प्रोटिन र भिटामिले हुर्कँदै गरेका बालबालिकादेखि वयस्क र वृद्धवृद्धालाई पनि उत्तिकै लाभ पुर्याउने कम्पनिको भनाइ छ । दही सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने पनि दाबी गरिएको छ । व्यस्त दैनिकीमा रहेका गृहिणीलाई दैनिक खानासँगै सफल दही मिसाउन पनि सुझाएको छ ।
सुजल डेरीको उत्कृष्ट उत्पादन सफल दही १८ वर्षदेखि पोखरा र वरपरका क्षेत्रमा लोकप्रिय रहँदै आएको छ ।
चाडपर्वको मिठासमा सफल दहीको समवेशले पर्व अझै स्वास्थ्यप्रद र आनन्दमय बन्ने कम्पनिले विश्वास व्यक्त गरेको छ ।
सफल ब्रान्डले ’सफल दही’ सुगर फ्री पनि उपलब्ध गराएको बताएको छ । सुगर फ्री मधुमेह रोगी, गुलियो कम मनपराउने व्यक्तिहरू, स्वास्थ्य सचेत मानिसहरू, र स्वस्थ जीवनशैली अपनाउन चाहने, सबैका लागि उत्कृष्ट विकल्प रुपमा रहेको कम्पनिको भनाइ छ ।
कम्पनिका अनुसार सफल सादा दही (सुगर फ्री) आधा लिटर प्याकेटलाई ८५, आधा लिटर बट्टालाई १०० र १ लिटर बट्टालाई १९० रुपैँया पर्छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया