लेक लागेर १ वर्षमा २१ को मृत्यु

गण्डकी ।
पदयात्राका लागि लोकप्रिय गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा २०८०/८१ मा २१ पर्यटकको लेक लागेर मृत्यु भएको छ । तीमध्ये ६ नेपाली रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
आयोजना प्रमुख डा रविन कडरियाका अनुसार लेक लागेर मृत्यु हुनेमा ११ भारतीय, मलेसियाका २, युक्रेनका १ र १ बेलायती नागरिक हुन् । ‘अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन्’, उनी भन्छन्, ‘हिमाली भेगको पदयात्रामा जाँदा विशेष ख्याल गर्नुपर्छ, एकै पटक उचाइमा पुग्नुहुँदैन, विश्राम लिँदै जानुपर्छ ।’ लेक लागेका पर्यटकलाई हेलिकप्टरबाट समेत उद्धार गरेर बचाइएको उनले सुनाए ।
गएको वर्ष पदयात्राका क्रममा लडेर ३ विदेशी पर्यटकको मृत्यु भएको छ । कास्कीमा स्वीडेन, जर्मनी र मनाङमा अमेरिकी पर्यटकको मृत्यु भएको आयोजना प्रमुख डा कडरियाले जानकारी दिए । मर्दी हिमालको पदयात्राका क्रममा बेपत्ता स्विडिस नागरिकको मानव अवशेष ७ महिनापछि गत साउनमा फेला परेको छ ।
‘लामो दूरीको पदयात्रामा एक्लै जानु हुँदैन, समूहमा या पथप्रदर्शक लिएर मात्र हिँडनुपर्छ’, प्रमुख डा कडरिया भन्छन्, ‘ट्रेकिङ एजेन्सीमार्फत पदयात्रामा जानु उपयुक्त हुन्छ ।’ अन्नपूर्ण क्षेत्रमा गत आवमा २ लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका १ लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका १ लाख ४ हजार २ सय ५६ छन् ।
अघिल्लो आव २०७९/८० को तुलनामा ५० हजारभन्दा बढी पर्यटक गत आवमा भित्रिएका छन् । ७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।
अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ । रासस









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया