जरुवा टोलमा डेंगु सचेतना

समाधान संवाददाता २०८१ भदौ ६ गते १३:५२

लेखनाथ ।
दिन प्रतिदिन डेंगुका बिरामी बढ्न थालेपछि त्यसको रोकथाम र नियन्त्रणमा सहयोग गर्न पोखरा महानगरपालिका वडा नंं २७ मा रहेको जरुवा टोल विकास सस्थाले डेंगु सचेतना कार्यक्रम गरेको छ ।

Advertisement


टोलभित्र ‘खोज र नष्ट गर’ अभियान अन्तर्गत लामखुटेले स्थायी बसोबास गर्न सक्ने र पानी जम्ने ठाउँ खोजी गरी पुरिएको छ । डेंगुलाई सामान्य नसम्झी रोकथामका उपायहरु अवलम्ब गरिएको समाजसेवी शिवप्रसाद भण्डारीले जानकारी दिए ।


संस्थाकी अध्यक्ष जानुका सुवेदीको नेतृत्वमा रहेको समूहले सृजना बहिरा स्कुलदेखि गडुवा खोलावरपर र सिद्देश्वर महादेव मन्दिर परिसर सरसफाइ गरेको छ । यसको रोकथामका उपायबारे स्थानीयलाई जानकारी समेत दिइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया