नागरिक परोपकारमा सपथ

समाधान संवाददाता २०८१ भदौ ६ गते १४:०९

लेखनाथ ।
नागरिक परोपकार समन्वय संस्थाको पाचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट निर्वाचित टिमलाई बुधबार पद तथा गोपनियताको सपथ गराइएको छ । अधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागि देवराज पन्थीको अध्यक्षतामा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चुनिएको छ ।

Advertisement


नवनिर्वाचित अध्यक्ष पन्थीलाई निर्वाचन समितिका सदस्य अर्जुन ओझाले पद तथा गोपनियताको सफत र निर्वतमान अध्यक्ष चिरञ्जिवी तिवारीले पदभार ग्रहण गराए । नवनिर्वाचित अध्यक्ष पन्थीले अन्य पदाधिकारी तथा सदस्यलाई सपथ गराए ।


समितिको उपाध्यक्षमा सोमनाथ जमरकट्टेल (ईन्द्रविलास), सचिव शिवराज सुवेदी, कोषाध्यक्ष वसन्तराज ढकाल, सहसचिव सुशील लामिछाने र सदस्यमा रमा नेपाली, कृष्णप्रसाद ओझा, भैरवलाल श्रेष्ठ, गविन्द्र अधिकारी, भुवन श्रेष्ठ र बाबुराम पौडेल छन् ।

Advertisement


कोभिडको समयमा विपदमा सहयोग पुर्‍याउने उद्देश्यले २०७६ सालमा स्थापना गरिएको संस्था २०७७ मा दर्ता भएको हो । कार्यक्रममा पोखरा ३० का वडाध्यक्ष तथा संस्थाका संरक्षक दुर्गाप्रसाद सुवेदी, संस्थापक संरक्षक श्रीराम पोखरेल लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया