प्रदेश सभा सदस्य विमला गौचन बिरामी, नेपाली सेनाले गर्यो उद्धार
समाधान संवाददाता
२०८१ भदौ ६ गते १६:५६

पोखरा । उपल्लो मुस्ताङमा बिरामी भएर अलपत्र परेकी गण्डकी प्रदेश सभा सदस्य विमला गौचनलाई नेपाली सेनाले उद्धार गरेको छ।
उनी केही दिन अघि मुस्ताङ अवलोकनमा गएकी थिइन्। पुख्याैली थलो मुस्ताङ भए पनि उनी म्याग्दीकी हुन् ।
नेपाली कांग्रेसकी सांसद गौचनलाई मुस्ताङमा रहेको नेपाली सेनाको टोलीले बिहीबार उद्धार गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
गौचन भदौ २ गते दामोदर कुण्ड गाउँपालिका वडा नम्बर ४ स्थित दामोदर कुण्डको अवलोकनका लागि गएकी थिइन्।
भदौ ३ गतेदेखि स्वास्थ्यमा सास्या आएपछि उनी त्यहीँ रोकिएकी थिइन्।
हेलिकप्टरबाट उद्धार गर्न पनि मौसम प्रतिकूल भएपछि सेनाको टोलीले स्थलमार्गबाट उद्धार गरेको हो।
सम्बन्धित









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया