मुस्ताङमा हिमपहिरो, थुनियो खोला, बस्ती सारियो

समाधान संवाददाता २०८१ भदौ ७ गते १६:४२

मुस्ताङको थासाङ-२ बोक्सी खोलामाथि शुक्रबार दिउँसो हिमपहिरो गएको छ। मुस्ताङको थासाङस्थित मानापाथी हिमालको फेदबाट मुलिखर्क हुँदै खसेको हिमपहिरोले छिप्लुङसम्म थुनिएको हो।

Advertisement

थासाङ गाउँपालिका माथि मानापाथीबाट खसेको हिमपहिरो करिब १ हजार मिटरको दूरीमा जमेर बसेको थासाङ गाउँपालिका-२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए। ‘थासाङको गुरुसाङ्वो गुफामाथि छिप्लुङमा खसेको हिमपहिरो जमेर बसेको देखिन्छ, कुनै पनि बेला हिमपहिरो फुटेमा वा पग्लिएर तल झरेमा जोखिम निम्त्याउन सक्छ, वडाध्यक्ष शेरचनले भने, बोक्सी खोला आसपासका बस्ती हिमपहिरो फुटेमा मानवीय तथा भौतिक जोखिम हुनसक्छ। हामीले पनि आवश्यक सूचना दिइसकेका छौं।’

जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि थासाङको बोक्सी खोला माथि हिमपहिरो खसेर थुनिएको पुष्टि गरेको छ। प्रशासनले कुनै पनि बेला हिमपहिरो फुटेर जोखिम निम्त्याउन सक्ने भएकाले सावधानी अपनाउन त्यसक्षेत्रका बासिन्दालाई सचेत गराएको छ। यसअघि २०७८ सालमा पानीपाथी हिमालको फेदबाट हिमपहिरो खस्दा थासाङको कोवाङ, नाउरिकोट र बोक्सी खोला क्षेत्रका स्थानीय हाताहाती भएका थिए।

Advertisement

नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई त्यहाँबाट सुरक्षित स्थलमा सारिएको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया