भारतीय मुर्राको सिमेन बजारमा

कृष्ण दवाडी
कास्की ।
भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य संकलन गरी वितरण सुरु भएको छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को भारत भ्रमणका क्रममा भारतले नेपाललाई उपहार स्वरुप प्रदान गरेको राँगामध्ये सात पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएको थियो ।
यहाँ रहेको एक मुर्राबाट वीर्य सङ्कलन गरी कृत्रिम गर्भाधानका लागि वितरण गरिएको उक्त कार्यालयका प्रमुख पशु विकास अधिकृत डा जगदिश पाण्डेले जानकारी दिए । बाँकी राँगाबाट वीर्य सङ्कलनका लागि सिकाइएको चरणमा रहेको अबको दुइदेखि तीन महिनामा सबैबाट संकलन हुने उनको भनाइ छ । प्रमुख पशु विकास अधिकृत पाण्डेले भने, ‘क्वारेन्टिन, उमेर, सिकाइ लगायत सबै प्रक्रिया पूरा गरेरमात्र सिमेन संकलन र गुणस्तर परीक्षणपछि मात्र वितरणको काम हुन्छ । अहिले एउटाबाट संकलन भएको तीनदेखि पाँच हजार डोज वितरण गरेका छौँ । बाँकी राँगा ट्रेनिङमा नै छन् ।’
कार्यालयका अनुसार वर्षमा एउटा राँगाबाट २० हजारदेखि ३० हजार डोज सिमेन उत्पादन हुन्छ । हप्तामा सोमबार र बिहीबार वीर्य संकलन हुँदै आएको छ । एक हप्तामा एउटाबाट ४ सय डोज जति संकलन हुने कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतमले जानकारी दिए । ‘हामीले यहाँ ल्याएर सुरुमा २१ दिन क्वारेन्टिमा राख्यौँ । कतिपयको उमेर पुग्न बाँकी थियो । उमेर पुगेपछि बल्ल सङ्कलन गछौँ,’ उनी भन्छन्, ‘सङ्कलन गर्नेबित्तिकै वितरण गर्न हुँदैन, गुणस्तर परीक्षण गरेर ठीक छ भनेपछि मात्र कृत्रिम गर्भाधानकर्तामार्फत भैँसीको नश्ल सुधार गरिन्छ ।’ कार्यालयले संकलित वीर्य आफ्नो वितरण रुटमार्फत जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिका र कृत्रिम गर्भाधानकर्तामार्फत कृषकलाई उपलव्ध गराउँदै आएको छ ।
राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको कार्यक्षेत्र रहेका बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३१ जिल्लामा कृत्रिम गर्भाधानका लागि कृषकलाई वितरण गरिने वरिष्ठ पशु विकास अधिकृत डा गौतमले बताए । कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपालको अनुरोधमा भारतले राँगा उपलव्ध गराएको थियो । भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट १५ राँगा ल्याइएको थियो । पशु चिकित्सकका अनुसार उच्च नश्लका मुर्रा भैँसीहरूले रैथाने भैँसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन् । सरकारले यहाँको भैँसीमा नश्ल सुधार गर्न भारतबाट राँगा ल्याएको हो । नेपाल ल्याइएका मुर्रामध्ये ७ वटा पोखरा, ५ लहान र ३ नेपालगञ्जमा राखिएको छ । रासस









पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया