पुष्पाको तीजगीत बजारमा

समाधान संवाददाता २०८१ भदौ ९ गते १६:३४

पोखरा ।
पुष्पा खड्का क्षेत्रीले मौलिक तीजगीत ‘कसलाई भनम खोई’ बजारमा ल्याएकी छन् । उनको गीत नेपाली सांगीतिक बजारमा लोकप्रिय बन्दै गएको छ ।

Advertisement


गीतकार रोशन क्षत्रीको तीज विशेष गीत ‘भनम कस्लाई खोइ’ सार्वजनिक भएको गीतमा शान्ती श्री परियार र सुनिता सुनारको स्वर छ भने रोशन क्षत्रीको शब्द, गोपाल सापकोटाको संगीत छ । यस गीतको एरेन्ज र मिक्सिङ भने रमेश सेञ्चुरीले गरेका हुन् । होम गुरुङको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा गणेश सापकोटाको छायांकन, तारानाथ आचार्यको सम्पादन, रोशन धितालको रंग संयोजन छ ।


उक्त गीतको म्युजिक भिडियोमा कविता न्यौपाने, विकास थापा, ममता तामाङ, राज कुमार क्षत्रीको अभिनय छ । गीत रोशन म्युजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया