अन्नपूर्णका शिक्षासेवी विश्ववन्धु पौडेलको निधन

समाधान संवाददाता २०८१ भदौ ९ गते २०:३१

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ३, रयाले निवासी शिक्षासेवी विश्वबन्धु पौडेलको निधन भएको छ ।
​अन्नपूर्णकै पाउँदुरस्थित धारापानी माविका पूर्व प्रधानाध्यापक पौडेलको ६७ वर्षमा मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो ।

Advertisement

​पौडेलको आइतबार नै रामघाटमा अन्तेष्ठि गरिएको छ । लुम्लेस्थित सिद्ध आधारभूत विद्यालयमा समेत काम गरेका उनी विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील थिए ।

Advertisement

तपाईको प्रतिक्रिया