पोखरा महानगरपालिका वडा नम्बर ५ को खर्च ८० प्रतिशत

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ ले गत आर्थिक वर्षमा करिब ८० प्रतिशत बजेट खर्च गरेको छ । वडा कार्यालयले गत आर्थिक वर्षमा ७९.४९ प्रतिशत बजेट खर्च गरेको हो । आर्थिक वर्ष २०८०÷८१ मा विनियोजन भएको २ करोड ३४ लाख ७७ हजार बजेटमध्ये ७९.४९ प्रतिशत बजेट खर्च भएको वडाध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिए । उनका अनुसार महानगरबाट आउनुपर्ने बजेट निकासा बाँकी हुँदा बजेट खर्च ८० प्रतिशतभन्दा बढी हुन नसकेको हो । वडा नम्बर ५ ले गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बरालले महानगरबाट बजेट निकासा बाँकी हुँदा बजेट खर्च कम भएको तर्क गरे ।
उनले महानगरबाट १ करोड ९० लाख रुपैयाँमात्र निकासा भएको उल्लेख गरे । महानगरकै कारण सम्पन्न भएका योजनाको भुक्तानीसमेत रोकिएको उनको दाबी छ । ‘काम शतप्रतिशत भएको छ । तर, महानगरबाट आउनुपर्ने बजेट नआएको हुँदा काम सकिएको भए पनि भुक्तानी बाँकी भएको कारणले ७९ प्रतिशतमात्रै बजेट खर्च देखिएको हो,’ उनले भने । गत आर्थिक वर्षमा वडाबाट २३ योजनामध्ये १८ वटा सम्पन्न भएको, २ योजना कार्यान्वयन हुन नसकेको र ३ वटा योजना कार्यसम्पन्न भएपनि भुक्तानी हुन नसकेको वडाध्यक्ष बरालले बताए ।
वडा कार्यालयले गत आर्थिक वर्षमा २ करोड ५३ लाख १८ हजार ७२४ राजस्व संकलन गर्न सफल भएको छ । नगदीतर्फ १ करोड २९ लाख ३२ हजार २ सय ५४ र मालपोत तथा सम्पत्ति करबाट १ करोड २३ लाख ८७ हजार ४ सय ७० रुपैयाँ संकलन भएको वडासचिव लक्ष्मण शर्माले जानकारी दिए ।
सार्वजनिक सुनवाइ कार्यक्रममा लेखराज पोखरेलले वडा कार्यालयले गरेको काम सकारात्मक रहेको बताए । उनले सार्वजनिक स्थलमा हुने मद्यपान तथा धूमपान प्रयोगलाई रोक्न कसैले चासो नदिएको आरोप लगाए । स्थानीय शुभद्रा कोइरालाले मठ, मन्दिर पानी ट्यांकीलाई वडा कार्यालयका कुनै पनि सहयोग नभएको गुनासो गरिन् । वडाध्यक्ष विष्णुप्रसाद बरालले आफूले निर्वाचनको बेलामा गरेको प्रतिवद्धता पत्र अहिले पनि डायरीमा बोकेर हिड्ने गरेको बताए । सार्वजनिक सुनुवाइबाट जनताका आवश्यकता अझै धेरै रहेको थाहा भएको उल्लेख गर्दै उनले ती आवश्यकता पूरा गर्न बाँकी कार्यकालमा पहल गर्ने आश्वासन दिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया