विश्वकर्मा समाज महिला समितिमा रसाइली
पोखरा ।
विश्वकर्मा समाज (पर्वत, स्याङ्जा, कास्की) प्रथम महिला अधिवेशन, जेष्ठ आमाहरुलाई सम्मान तथा तिजको दरखाने कार्यक्रम अध्यक्ष भीममाया गौतमको अध्यक्षता सम्पन्न भएको छ ।
अधिवेशनले लक्ष्मी सुन्चुरी रसाइलीको अध्यक्षतामा नयाँकार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा लक्ष्मी थापा रसाइली, विना विश्वकर्मा, सचिवमा गीता गौतम, कोषाध्यक्षमा टौमाया विश्वकर्मा, सहसचिवमा सुशिला सुनार, सहकोषाध्यक्षमा एलिना सुनार, सदस्यहरुमा देवी सुनार, इन्द्र सुनार, जया विश्वकर्मा, कमला विश्वकर्मा, लीला विश्वकर्मा, सविता विश्वकर्मा, सुनिता सुनार चयन भएका छन् ।
कार्यक्रममा समाजका ७० वर्षभन्दा माथिका ज्येष्ठ आमाहरु मनरुपा सुनार, लक्षिमा विश्वकर्मा, छलिमाया विश्वकर्मा, जमुनादेवी सुनार र सेती सुनारलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि महाशिला गाउँपालिकाका उपप्रमुख धनसुवा विश्वकर्माले ज्येष्ठ आमाहरुलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताउँदै शिक्षामा सहयोग पु¥याउनका लागि ५० हजार सहयोग गर्न चाहेको सुनाइन् ।
कार्यक्रममा पोखरा मनपा वडा नम्बर ७ का वडा सदस्य सुनिता सुनार, विश्वकर्मा सेवा समाजका अध्यक्ष भविन्द्र विश्वकर्मा, पोखरा ८ का सदस्य लक्ष्मी विश्वकर्मा, महाशिला गाउँपालिका वडा नम्बर ६ का पूर्व अध्यक्ष रामबहादुर सुनार, दलबहादुर सुनार, महेन्द्र विश्वकर्मा, स्याङ्जाली सम्पर्क समाजका अध्यक्ष तारा गौतम र फेडा कास्कीका कार्यक्रम संयोजक ईश्वरी विक लगायतले बोलेका थिए ।
निवर्तमान अध्यक्ष भीममाया गौतमले आफ्नो कार्यकालमा केही कामहरुको सुरुवात भएको बताइन् । कार्यक्रम सञ्चालन सचिव गीता सुनारले गरेकी थिइन् भने स्वागत उपाध्यक्ष लक्ष्मी रसाइली सेन्चुरीले राखिन् ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया