गण्डकीका गायिकालाई प्रशिक्षण

पोखरा ।
तीज पर्वको सन्दर्भमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति र जिल्ला कार्य समिति कास्कीले संयुक्त रुपमा मंगलबार नारी सशक्तीकरणका लागि महिला कलाकारलाई प्रशिक्षण दिएका छन् ।
कार्यक्रममा अग्रज स्रष्टा सम्मानबाट लक्ष्मी सुवेदी र नवप्रतिभा प्रोत्साहन सम्मानबाट कमला सुनारलाई सम्मान गरिएको छ । कार्यक्रम कलाकारले विविध सांगीतिक कार्यक्रम प्रस्तुत गरेको प्रदेशका कार्यवहाक अध्यक्ष माया गुरुङले जानकारी दिइन् ।
कार्यक्रममा महिला कलाकारबीच कुर्ची दौड र उत्कृष्ट नृत्य प्रस्तुत गर्ने कलाकारलाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले हरेक क्षेत्रको नेतृत्वमा पुग्ने महिलालाई पुरुषलाई जस्तो सहज नभएको दाबी गरिन् ।
‘पहिला पहिलाका महिलाले भन्दा अहिलेको पुस्ताले धेरै संघर्ष गर्नु परेको छ,’ उनले भनिन्, ‘पहिलेका महिलाले घर धाने पुग्थ्यो । अहिले घर परिवार, संघसंस्था राजनीतिक दल र राज्यको नेतृत्व सम्हाल्दा धेरै चुनौतीको सामाना गर्नु परेको छ ।’ उनले महिलाको नेतृत्वमा रहेको संस्थाले उत्कृष्ट काम गरेको बताइन् । उनले केन्द्र, गण्डकी, कास्की, बागलुङ र पर्वतमा महिलाले नेतृत्व गर्दा लोकदोहोरी झलमल भएको दाबी गरिन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुलीले अहिलेको लोक दोहोरी फोहोरी भएको प्रतिक्रिया दिए । उनले अहिलेको लोक दोहोरी क्षेत्रको विकृतिले हिजोको दोहोरी गायक भन्न लाज लागेको बताए ।
प्रतिष्ठान नेपालका प्रशासनिक सचिव जीवन दाहालले प्रतिष्ठानले कलाकार कल्याणकारी कोष खडा गरेको बताए । उनले प्रतिष्ठान नेपालले एकै मितिमा एकै पटक सबै जिल्लाको साधारणसभा गरेर सक्षम संस्थाको रुपमा स्थापित भएको दाबी गरे ।
कार्यक्रममा लोक दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकीका संरक्षक तारापति सुवेदी, प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिलु लामा, सचिव रामजी पौडेल, अग्रज गायिका लक्ष्मी सुवेदी, प्रतिष्ठान नेपाल कास्कीका अध्यक्ष तुलसी क्षत्री, बागलुङका अध्यक्ष सरस्वती खड्का परियार लगायतले लोक दोहोरी क्षेत्रका बारेमा बोलेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया