पोखरा १४ मा महायज्ञ एवं दुर्गा पूजा हुने

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मनकामना टोलमा रहेको मनकामना रामपाञ्चायन मन्दिर पुननिर्माण सहयोगार्थ श्रीमद्देवी भागवत ज्ञान महायज्ञ एवं विशेष नवदुर्गा पूजा हुने भएको छ ।
मनकामना टोलमा मिति २०५३ सालमा स्थापना भएको मन्दिर पुननिर्माण गर्नुपर्ने भएकोले मनकामना मनकामना रामपाञ्चायन मन्दिर व्यवस्थापन समिति, मनकामना टोल विकास संस्था, मनोहर युवा क्लब र समाज सुधार आमा समूहको संयुक्त आयोजनामा महायज्ञ गर्न लागिएको प्रसार प्रसार उपसमिति संयोजक रामजी जिसीले बताए ।
नेपालीहरुको महान् पर्व शुभ विजयादशमी उपलक्ष्यमा असोज १७ गतेदेखि २५ गते सम्म कार्यक्रम आयोजना गरिने भएको छ । कार्यक्रममा श्रीमद् देवी भागवत ज्ञान महायज्ञ एवं विशेष नवदुर्गा पूजा गरिनेछ भने प्रमुख बाचक प्रवचन आचार्य डा. भोलानारायण रेग्मी छन् ।
कार्यक्रम सम्पन्न गर्नका लागि वडा नम्बर १४ का वडा अध्यक्ष बोधबहादुर कार्की संरक्षक मा ५०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।
मूल समितिको अध्यक्षमा मनकामना मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बानियाँ, उपाध्यक्षहरुमा मनकमाना मन्दिर संरक्षण समितिका अध्यक्ष रामचन्द्र केसी, मनोहर क्लबका अध्यक्ष रामजी जिसी, समाज सुधार आमा समूहकी अध्यक्ष लक्ष्मी जिसी, महासचिवमा तोत्रबहादुर बानियाँ, सचिवमा रविकिरण पराजुली, कोषाध्यक्षमा बासुदेव बानियाँ, सह कोषाध्यक्षमा महेश्वर बानियाँ छन् ।
विशेष सदस्यहरुमा वडा नं. १४ का वडा सदस्यहरु दिल कुमारी गुरुङ, तनुजा थापा सिके, कृष्णहरि काफ्ले र वडा नम्बर १४ का सचिव रामचन्द्र पौडेल छन् ।
कार्यक्रमका लागि विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ । अनुगमन तथा मूल्यांकन उपसमिति संयोजकमा ललितबहादुर बानियाँ, अर्थ संकलन उपसमिति संयोजकमा बासुदेव बानियाँ, प्रचार प्रसार उपसमिति संयोजकमा रामजी जिसी, अतिथि सत्कार उपसमिति संयोजकमा इन्द्रामाया बानियाँ, संघ संस्था परिचालन उपसमिति संयोजकमा रामचन्द्र केसी, आवास तथा भोजन व्यवस्थापन उपसमिति संयोजकमा तोत्रबहादुर बानियाँ, मातृशक्ति परिचालन उपसमिति संयोजकमा लक्ष्मी जिसी, सचिवालय व्यवस्थापन उपसमिति संयोजकमा रेशम जिसी, कलश शोभायात्रा व्यवस्थापन उपसमिति संयोजकमा काली बहादुर थापा, युवा तथा स्वयम सेवा परिचालन उपसमिति संयोजकमा शैलेश बानियाँ, भजन कृतन व्यवस्थापन उपसमिति संयोजकमा विष्णुबहादुर बानियाँ, पुजा तथा प्रसाद व्यवस्थापन उपसमिति संयोजकमा पवित्रा खत्री, मञ्च व्यवस्थापन उपसमिति संयोजकमा भरत केसी, सरसफाई व्यवस्थापन उपसमिति संयोजकमा दीपा थापा, प्राथमिक स्वास्थय उपचार उपसमिति संयोजकमा गंगा जिसी छन् ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया