पोखरा उद्योग बाणिज्य संघमा सौगातले उम्मेदवारी दिने

समाधान संवाददाता २०८१ भदौ १४ गते १३:४३

पोखरा ।
पोखरा उद्योग बाणिज्य संघको कार्यसमिति सदस्यमा सौगात थापाले उम्मेदवारी दिने भएका छन् । उनी पोखराको व्यावसायिक घराना अंशुभरा ग्रुपका प्रबन्ध निर्देशक हुन् ।

Advertisement


सौगात भदौ २८ र २९ गते हुने संघको ३५ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलको प्यानलबाट उम्मेदवार बन्न्न लागेका हुन् । यसअघि उनी पवन प्रजापति नेतृत्वको टिममा मनोनित सदस्य थिए ।


व्यवसायसँगै सामाजिक कार्यमा समेत सौगातको सक्रियता छ । उद्यम, कृषि र पर्यटनलाई आत्मसात् गर्दै यस क्षेत्रमा युवालाई प्रवेश गराउने उद्देश्य सौगातको छ । भन्छन्, ‘पछिल्लो समय युवामा वितृष्णा आएको छ । सम्भावना हुँदाहुँदै पनि देश छाडेर परदेश गएका छन् । निर्वाचित भइसकेपछि पोखरेली व्यवसायीको हितबमोजिम नै काम गर्छौं ।’

Advertisement

तपाईको प्रतिक्रिया