हाम्रो बहुउद्देश्यीयको साधारण सभा

समाधान संवाददाता २०८१ भदौ १६ गते ११:३४

पोखरा ।
पोखरा महानगर पालिका वडा नं ८ न्युरोड स्थित हाम्रो बहुउद्देश्यीय सहकारीको २५ औं वार्षिक साधारण सभा एवं २७ औं साधारणसभा शनिबार भएको छ । कार्यक्रममा सेयर सदस्य विष्णुप्रसाद तिमिल्सिनाले सहकारीले वित्तीय अनुशासनमा रहेर काम गर्दै आएकाले कुनै शंका नगरी आर्थिक कारोबार गर्न सेयर सदस्यलाई आग्रह गरे ।

Advertisement


उनले संस्थाले विगत गरेका कामबाट शिक्षा लि अगाडि बढेमा संस्थाको भविष्य उज्ज्ल रहने विश्वास व्यक्त गरे । पूर्व अध्यक्ष युवराज त्रिपाठीले हाम्रो बहुउद्देश्यीयलाई नेपालकै उत्कृष्ट सहकारी रुपमा अगाडि बढाउने गृहकार्यमा लाग्न आग्रह गरे ।


सल्लाहकार उमनाथ बरालले संस्थाले उत्पादनशील क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल दिन सक्ने बताउँदै औंल्याउँदै ऐन, कानुनको पालना गरी अगाडि बढ्नुपर्ने बताए । संस्थाका अध्यक्ष वसन्तराज अधिकारीले सेयर सदस्यहरूको हकहितलाई ध्यान दिई आगामी योजना बनाइने वाचा गरे ।

Advertisement


जिल्ला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य दीपक घिमिरेले बहुउद्देश्यीय हिसाबले स्थापना भएको यस सहकारीले आफ्ना सदस्यलाई उत्पादनमूलक कार्यमा लगाउन पर्नेमा जोड दिए । सो अवसरमा उत्कृष्ट सेयर सदस्य, उत्कृष्ट बचतकर्ता, माध्यमिक र स्नातक तहमा सर्वोकृष्ट हुने सेयर सदस्यका छोराछोरीलाई पुरस्कृत गरिएको यियो ।


सञ्चालक समिति सदस्य भीमबहादुर गुरुङले दिएको राजीनामा स्वीकृत गर्दै साधारणसभाले सेयर सदस्य निर्देशनकुमार चुल्याजुलाई बाँकी अवधिका लागि सदस्य मनोनयन गरेको छ ।

Advertisement


सभाले संस्थाका सचिव नरेश तिमिल्सिनाले प्रस्तुत गरेको सचिवको प्रतिवेदन, कोषाध्यक्ष पिताम्बर पराजुलीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन, रकम परिचालन उपसमितिका संयोजक गणेश पहारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक राजु पौडेलले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सुझावसहित पारित गरेको छ ।


कार्यक्रममा उपाध्यक्ष प्रकाश क्षेत्री, सदस्य रितादेवी कँडेल, शिक्षा उपसमिति संयोजक कमला सुवेदी, सेयर सदस्यहरू कमल कोइराला, मनकुमारी गुरुङ, सरिता सिग्देल अर्याल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया