वैकल्पिक पदमार्ग आवश्यक छः प्रदेश प्रमुख

पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नयाँ र वैकल्पिक पदमार्गहरुको पहिचान र विकास गर्नुपर्ने आवश्यकतामाथि जोड दिएका छन् । ट्रेकिङ एजेन्सीज् एसमाोसियसन अफ नेपाल (टान), गण्डकीको ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनमा भट्टले ग्रामीण सडकको अवैज्ञानिक विकास विस्तारसँगै सदियौँदेखि सञ्चालनमा रहेका पदमार्गहरू विस्तारै लोप हुँदै गएको जनाए ।
उनले अब वैकल्पिक पदमार्गहरु आवश्यक भएको जनाउँदै पर्यटकको बसाईं अवधि जति लम्ब्याइयो, उति नै मुलुकलाई फाइदा हुने जनाए ।
‘गण्डकी प्रदेशको राजधानी पोखरा मुलुककै पर्यटकीय राजधानी पनि हो । पोखरा पदयात्राको मूलद्वारका रुपमा लिइन्छ । नेपालको पर्यटन उद्योगको थालनी पर्वतारोहण र पदयात्राबाटै भएको हो,’ उनले भने, ‘यस प्रदेशमा दर्जनौं विश्वपरिचित पदमार्ग छन् । प्रख्यात अन्नपूर्ण पदमार्ग, मनासलु ट्रेक लगायतका पदमार्गहरु हाम्रा सम्पति हुन् । जसलाई हामीले जोगाउनुपर्दछ ।’
भट्टले पथ प्रदर्शकले पर्यटकहरूलाई गन्तव्यमा पुर्याई प्राकृतिक सुन्दरता, मनमोहक वातावरण, ऐतिहासिक सम्पदा लगायतका महत्वका स्थानको अवलोकन गराउन महत्वपूर्णं भूमिका खेलेको बताउँदै देशलाई विश्वमाझ चिनाउन नेपालको पर्यटन क्षेत्रमा महत्वपूर्ण सहयोगीका रुपमा रहेको विचार राखे ।
माछापुच्छ«े मोडल ट्रेक, मिलिनियम ट्रेक, धौलागिरी आइसफल ट्रेक, हिडनलेक ट्रेक, कपुचे लेक ट्रेकसहित दर्जनभन्दा बढी पदयात्रा मार्गहरुको खोज तथा प्रवद्र्धन कार्य भएको जानकारी लिन पाउँदा खुसी लागेको उनले जनाए । यसरी नै पदयात्रा क्षेत्रलाई व्यावसायिक र मर्यादित बनाउँदै आइपरेका चुनौती सामना गरेर सरोकारवाला पक्ष अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।
पदयात्राको विकासले घरबास कार्यक्रमलाई सकारात्मक सहयोग पुगेको भट्टको भनाइ छ । ‘पदयात्राका सहयोगीले हाम्रो संस्कार र चालचलनको प्रतिनिधित्व गर्दछन् । विश्वमाझ हाम्रो चिनारी पर्यटकलाई गरिने व्यवहारबाट प्रतिविम्बित हुन्छन्,’ प्रदेश प्रमुख भट्टले भने, ‘त्यसैले, पथप्रदर्शकहरुले हाम्रो परिचय दिने हुँदा उहाँहरु सभ्य, सुसंस्कृत हुन जरुरी छ । र, टानले पथ प्रदर्शकहरुलाई आवश्यक तालिम तथा दक्षता अभिवृद्धिका लागि सक्रियता देखाउँदै आएकोमा धन्यवाद दिन्छु ।’









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया