तीजगीतबाट विकृतिविरुद्ध खबरदारी

पोखरा ।
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले सामाजिक विकृतिविरुद्ध तीज गीत प्रतियोगिता गरेको छ । समाजमा रहेका विकृति, विसंगति न्यूनीकरण गर्न तीजको अवसरमा खुला तीजगीत प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा लागुऔषध सुधार आमा समूहले प्रथम बनी नगद २५ हजार पायो । साथ सक्षम अभियान नेपाल दोस्रो हुँदै १५ हजार रुपैयाँ पाउँदा एकलधारा सिर्जनशील समूह तेस्रो हुँदै १० हजार तथा धरहरा आमा समूहले सान्त्वना बनी पाँच हजार जितेका छन् ।
संस्थाका अध्यक्ष भीम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश प्रहरी संघका प्रमुख दुर्गा सिंह, प्रदेश प्रहरी पोखराका प्रमुख एसएसपी धु्रवराज राउत, पोखरा महानगरपालिका वडा नम्बर ९ की वडा सदस्य लक्ष्मी पहारी, संस्थाका महासचिव घनश्याम तिमिल्सिना लगायतले बोलेका थिए ।
प्रतियोगितामा उत्कृष्ट नृत्यमा अन्नपूर्ण आमा समूह, उत्कृष्ट भेषभुषा शिवशक्ति आमा समूह, उत्कृष्ट शब्द दिदीबहिनी समूह तथा उत्कृष्ट स्वर दृष्टिविहीन दिदीबहिनी समूह र नवदुर्गा आमा समूह घोषित भए । प्रतियोगितामा १७ टिमको सहभागिता थियो ।









विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
सहारा स्कुललाई सहयोग
‘झ्व भ्वय’ १९ गते
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया