हेमजा भूपू सैनिकको सभा

समाधान संवाददाता २०८१ भदौ १६ गते ११:४९

पोखरा ।
हेमजा भूपू सैनिक बचत तथा ऋण सहकारी संस्था पोखरा २५ हेमजाको नवौं वार्षिक साधारण सभा शनिबार भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा न. २५ की कार्यवाहक अध्यक्ष धनकुमारी पोखरेल तिमिल्सिनाले संस्था बचाउन सेयर सदस्यको साथ हुन आवश्यक हुने बताइन् ।

Advertisement


नियमित बचतले सहकारी फस्टाउने बताउँदै उनले लेखा समितिलाई नियमित निगरानी गर्न आग्रह गरिन् । कार्यक्रममा पूर्व वडा सदस्य जितबहादुर कार्की, हरिप्रसाद पौडेल, भूपू सैनिक संघ कास्की अध्यक्ष बलराम पौडेल, किसान बहुउद्देश्यीय सहकारीका व्यवस्थापक हरिप्रसाद त्रिपाठी र सेयर सदस्य झकंनाथ तिमिल्सिना लगायतले बोलेका थिए ।


सभामा उत्कृष्ट बचत गरेकोमा सुरेशबहादुर सापकोटा, निरन्तर बचतकर्ता शोभा सुनार र उत्कृष्ट कारोबारमा लछुाण सुनारलाई सम्मान गरियो ।

Advertisement

संस्थाको सेयर पुँजी ३ करोड ४९ लाख ६ हजार ५ सय छ । संस्थाका अध्यक्ष सुरेशबहादुर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव शेरबहादुर कार्की, उपाध्यक्ष कृष्णबहादुर सापकोटा, कोषाध्यक्ष श्यामबहादुर कुवँर लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया