पोखरामा मनाइयाे १७ औं पुस्तकालय दिवस 

समाधान संवाददाता २०८१ भदौ १६ गते १७:२६

पाेखरा ।
१७ औं पुस्तकालय दिवस भाद्र १५ का दिन निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने मुल नाराका साथ पोखरामा पनि भव्य रुपमा सम्पन्न भएकाे छ। पोखरा सार्वजनिक पुस्तकालय अमेरिकन कर्नर पोखरा तथा नेपाल पुस्तकालय संघ गण्डकी प्रदेश समितिको संयुक्त आयोजनामा कार्यक्रम  सम्पन्न भएकाे हाे ।

Advertisement

कार्यक्रममा अध्यक्षता पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष डाक्टर विश्व श्रेष्ठ पोखरा सार्वजनिक पुस्तकालय तथा नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशका पदाधिकारी तथा सदस्यहरु र नेपाल पुस्तकालय संघका उपमहासचिव किशोर सुवेदी र  चित्रकला प्रतियोगितामा सहभागि कास्की जिल्लाका  ६० विद्यालयका १६२ बिद्यार्थी तथा प्रिन्सिपल र अभिभावकको  उपस्थिति रहेको जनाइएकाे छ ।

कार्यक्रममा स्वागत तथा पुस्तकालय सम्बन्धि जानाकारी नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशका उपाध्यक्ष  दुर्गा प्रसाद आचार्य र पोखरा सार्वजनिक पुस्तकालयका सदस्य सचिवअर्जुन श्रेष्ठले गरेका थिए । गण्डकी बोर्डिङ स्कुल कक्षा सातमा अध्यायनरत छात्रा प्रीन्सा रेग्मी समेत कार्यक्रममा उपस्थित थिइन् ।

Advertisement

आइतबार नै भएकाे चित्रकला प्रतियोगिताको मूल्यांकन समितिको संयोजकमा सिर्जनशील कलाकार समूह पोखराका अध्यक्ष दल बहादुर गुरुङ र सदस्यमा समुहका सदस्य झविन्द्र गुरङ थिए ।
यस्ताे छ चित्रकलाकाे नतिजा:

प्रथम स्थान मदरल्यान्ड माविकी छात्रा एन्जेल नेपाली,
द्धितिय स्थान हिल प्वाइन्ट स्कुल पोखराका छात्र सौरभ लगुन, तृतिय स्थान बेसलाइन एकेडेमिकी छात्रा सोफिया रसाइली भए ।

Advertisement

सान्त्वना स्थान क्रमश कुमुदिनि होमसकी छात्रा अविश्ना पालिखे र एसओएस हर्मन माईनर गण्डकीका छात्रा जेसिका श्रेष्ठले भए । कार्यक्रम सञ्चालन नेपाल पुस्ताकलय संघ गण्डकी प्रदेश समितिको सचिव भुवन ढकाल गरेका थिए।

तपाईको प्रतिक्रिया