लिबर्टी माइक्रो लाइफको वार्षिक सेल्स मिट सौराहामा

पोखरा । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पहिलो वार्षिक सेल्स मिट सौराहाको जंगल क्राउन रिसोर्टमा आइतबार सकिएको छ ।
३ दिन चलेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादव, प्रमुख बजार अधिकृत अशोक कुँवर, प्रमुख प्रशासकीय अधिकृत दिग्विजय सिंगल, वरिष्ठ पदाधिकारीहरु, प्रादेशिक प्रमुख, नेपालभरका शाखा र उपशाखा प्रमुखहरु तथा कम्पनीका फिल्ड एसोसिएट्स, एजेन्सी मेनेजर र चिफ एजेन्सी मेनेजरहरुको उपस्थिति थियो ।
कार्यक्रममा गत आर्थिक वर्षको समीक्षा तथा आर्थिक वर्ष २०८१/८२ को बजेटकाे बारेमा छलफल गरिएको थियो । आर्थिक वर्ष २०८०/८१ मा शाखा, उपशाखा तथा अभिकर्ताहरुले हासिल गरेको उपलब्धिकाे अवार्ड समेत वितरण गरिएको थियो ।
कार्यक्रममा कम्पनीका वरिष्ठ पदाधिकारीद्वारा जोखिमाङ्कन, कम्पनीले गर्ने कार्य काे विस्तृत विवरण तथा सम्पति शुद्धीकरण निवारण तथा परिपालना सम्बन्धी तालिम समेत दिइएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवले कम्पनीको विस्तार, आक्रमक बजार विस्तार, नीति तथा नियम कानुनको परिपालना गरी अगाडि बढाउने प्रतिबद्धता जनाए ।










कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया