‘बुवालाई उपहार सफल दही’
समाधान संवाददाता
२०८१ भदौ १७ गते १०:५३

पोखरा ।
सोमबार परेको बुवाको मुख हेर्ने दिन अर्थात् कुसे औंसीलाई लक्षित गरी सफल दही बजारमा ल्याएको छ । जीवनभरि आफ्नो परिवारका लागि असीम माया र त्याग गर्ने सबै बुवाहरुलाई सम्मानका साथ यो दिनलाई विशेष बनाउन प्रेरित गरिएको सुजल डेरी प्रालिले जनाएको छ ।
प्रालिले बुवाहरुको स्वास्थ्य र सुखद जीवनको कामनासमेत गरेको छ । बुवाको मुख हेर्ने दिन नेपाली संस्कृतिको अमूल्य पर्व भएको जनाउँदै प्रालिको विज्ञप्तिमा बुबाको अटल माया, कठिन परिश्रम र नेतृत्वलाई सम्मान गर्न पर्व मनाउन आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो दिनले हामीलाई हाम्रो संस्कार र मूल्यहरूको पुनः स्मरण गराउँछ, जहाँ बुबाको भूमिका अविस्मरणीय हुन्छ ।’
यो विशेष अवसरलाई अझ अर्थपूर्ण बनाउन नयाँ स्वास्थ र स्वादिष्ट सफल सादा दही बजार ल्याएको कम्पनीको दाबी छ ।
सम्बन्धित









नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
पोखरा सात ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता भोलीदेखि हुने
म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया