कलश सहकारीको सभा

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा अवस्थित कलश बचत तथा ऋण सहकारीको १३ औं साधारणसभा भएको छ । कार्यक्रममा पोखरा २४ का वडा सदस्य कृष्ण सुवेदीले केही सहकारीमा आएकोे समस्याका कारण समग्र सहकारी क्षेत्रलाई अप्ठेरो परेको बताए ।
उनले सहकारीले सामाजिक क्षेत्र उत्थानका लागि सहकार्य गर्न जरुरी रहेकोमा जोड दिए । संस्थाका अध्यक्ष सुदीप अधिकारीले अर्थतन्त्र शिथिल भएको अवस्थामा सानो सानो पुँजी पनि आफ्नै सहकारीबाट कारोबार गर्ने बानीको विकास गर्न सेयर सदस्यहरुलाई आह्वान गरे । उनले सहकारीको आर्थिक कारोबारलाई पारदर्शी र विश्वसनीय ढंगले अगाडि बढाउँदै सेयर सदस्यका हितका लागि कार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संस्थाका सल्लाहकार होमराज भट्टराई, नवराज सुवेदी, दुर्गादत्त पौडेल, संस्थाका उपाध्यक्ष मधु सुवेदी, सम्मानित सेयर सदस्य राजेन्द्र इटानी लगायतले बोलेका थिए । सभामा सहकारीका अध्यक्ष सुदीप अधिकारी, सचिव रुपकराज मिश्र, कोषाध्यक्ष एकराज गिरी, लेखा सुपरिवेक्षण समिति संयोजक विजेन्द्र शमौ पौडेल लगायतले आर्थिक वर्ष २०८०÷८१ का वार्षिक प्रतिवेदनहरु प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना सुनाए ।
समारोहमा गत आर्थिक वर्षभरि उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहरु राजेन्द्र इटानी र आरती केसीलाई सम्मान गरिएको छ । कार्यक्रममा उपाध्यक्ष मधु सुवेदी, सदस्य गीता पराजुली र पत्रकार सञ्जय मल्लले पनि बोलेका थिए ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया