लेखनाथ फर्निचर व्यवसायीको सभा
लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २७, मा रहेको लेखनाथ फर्निचर व्यवसायी संघ कास्कीको नवौं साधारण सभा सम्पन्न भएको छ । कार्यक्रम उदघाटन गर्दै डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले व्यावसायिक हकहितका लागि वस्तुगत संघ अन्तर्गत रहेक व्यवसायीहरु संगठित हुँदै ब्यवसायबाट आयआर्जन बढाउन अस्वस्थ प्रतिस्पर्धाबाट होइन गुणस्तरीय सेवालाई ध्यानमा राख्दै साँच्चीकै व्यवसायी बन्न सबैमा अनुरोध गरेका थिए ।
लेखनाथ फर्निचर ब्यवसायि संघका अध्यक्ष रविन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा इलाका वन कार्यालय शिशुवाका वन अधिकृत सरोज जमरकट्टेलले अनधिकृत रुपमा वन फडानी गर्ने र अन्य जिल्लाबाट काठ, दाउरा चोरी निकासी गर्ने गिरोहलाई नियन्त्रण गर्दा व्यवसायीहरुलाई केही मर्का पुगे पनि काठ दाउराको कारोबार गर्दै आवश्यक कागजपत्र बनाएर मात्र कारोबार गर्न व्यवसायीहरुलाई अनुरोध गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव प्रताप ओझाले वार्षिक भावी योजना प्रतिवेदन र कोषाध्यक्ष देवी सुवेदीले वार्षिक आयव्याय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा फर्निचर व्यवसायी केन्द्रीय सदस्य प्रेमराज बसौला, संस्थाका संस्थापक अध्यक्ष नेत्रबहादुर पुन, संस्थाका निवर्तमान उपाध्यक्ष यज्ञबहादुर गुरुङ, लेखनाथ हाडवेयर एसोसिएसनका अध्यक्ष अर्जुन पँगेनी, निर्माण व्यवसायीका अध्यक्ष भीमबहादुर नेपाली, लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव भरत ओझा, हार्डवेयर व्यवसायी गोपीचन्द्र बास्तोला, लेखनाथ कुटानी पिसानीका अध्यक्ष टीकाराम भुर्तेल लगायतले व्यवसायी एकताबारे जोड दिएका थिए ।
लेखनाथ फर्निचर व्यवसायी संघका अमृत सापकोटाले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष सचेन्द्रकुमार दासले गरेका थिए ।









नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
पोखरा सात ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता भोलीदेखि हुने
म्याग्दीको झिनडाँडामा गुणस्तरहीन ढलान जनप्रतिनिधिले भत्काए
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया