गुप्तेश्वर गुफाको सभा

समाधान संवाददाता २०८१ भदौ १७ गते १६:०८

पोखरा ।
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिन्दू धर्म, संस्कृति सनातनदेखिको संस्कार भएको बताएका छन् । पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २९ औं वार्षिक साधारणसभामा उनले गुप्तेश्वर महादेव गुफा ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको प्रमुख पर्यटकीय गन्तव्य रहेको उल्लेख गरे ।

Advertisement

प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचो रहेको बताउँदै उनले गुफालाई सुरक्षित राख्नुपर्नेमा जोड दिए । ‘यहाँको टड्कारो आवश्यकता र हाम्रो मुख्य दायित्व भनेको गुफा र वरपर निर्मित संरचनाको सुरक्षा र संरक्षण नै हो,’ प्रदेश प्रमुख भट्टले भने, ‘स्थानीयबासी, गुफा व्यवस्थापन समिति सबै पक्षको सहकार्य र पहलले मात्र यस क्षेत्रको मापदण्ड पालना, गुफाको संरक्षणसँगै आफ्नो पनि सुरक्षाका विषय सम्बोधन हुन सक्दछ भन्नेमा सचेत रहनुपर्दछ ।’

बर्सेनि लाखौँ पर्यटकले अवलोकन गर्ने र वार्षिक ५ करोडभन्दा बढी आम्दानी हुने यस गुफाबाट शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको बताउँदै जनसहभागिताबाट सञ्चालनमा रहेको संस्थाले राज्य तहबाटै गर्ने काम गरिरहेको भन्दै प्रशंसा गरे । ‘गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला सञ्चालन गर्नु प्रशंसनीय काम हो,’ उनले भने ।

Advertisement

तपाईको प्रतिक्रिया