सामुदायिक सेवामा शुभकामना

समाधान संवाददाता २०८१ भदौ १७ गते १६:२६

पोखरा ।
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १ वगरले तीजको अवसरमा शुभकामना आदानप्रदान गरेको छ । विकृति, विसंगतिरहित समाज निर्माण, हाम्रो अभियान भन्ने उद्देश्यका साथ स्थापना भएको संस्थाले पछिल्लो समयमा तीजमा आएका नकारात्मक पक्षलाई हटाउन आह्वान गरेको छ ।

Advertisement


ज्येष्ठ नागरिक झलकमाया पराजुलीले गीत गाएर कार्यक्रम सुरुआत गरिन् । उक्त अवसरमा उनलाई संस्थाका अध्यक्ष रामप्रसाद अधिकारी र पोखरा १ का वडाध्यक्ष साहारा प्रधानले दोसल्ला ओढाई सम्मान गरे ।


हालै सम्पन्न सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा लेखनाथाको अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएको गंगा खनाललाई बधाई ज्ञापन गरियो । कार्यक्रममा संस्थाका अजीवन सदस्य चिजकाजी गुरुङले उत्कृष्ट नृत्य गर्ने चार जनालाई पुरस्कार प्रदान गरे ।

Advertisement


सो अवसरमा वडाध्यक्ष प्रधानले नेपालीका हरेक पर्वमा आफ्नै संस्कृति रहेको बताउँदै आफ्नो संस्कृतिलाई विकृत नबनाउन आग्रह गरे ।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा १ बगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा जिल्ला समन्वय समितिका अध्यक्ष भीम पराजुली, सामुदायिक सेवा केन्द्र वगरका पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, पूर्व अध्यक्ष जीवन अधिकारी, सामुदायिक सेवा केन्द्र लेखनाथकी अध्यक्ष गंगा खनाल, मैदान आम समूहकी मनु बस्नेत, सामदुायिक सेवा केन्द्र वगरकी सदस्य कार्यक्रम संयोजक राधा बराल र सचिव शिवराज अधिकारीले धारणा राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया