सराङकोटमा सहकारी शिक्षा
पोखरा ।
सराङकाेट बहुउद्देश्यीय सहकारी संस्थाले महिला भेलासहित सहकारी शिक्षा कार्यक्रम गरेको छ । संस्थाले हरेक वर्ष हरितालिका तिजको अवसरमा सचेतना सहितको कार्यक्रम गर्दै आएको छ ।
संस्थामा रहेका महिला सेयर सदस्यलाई कार्यक्रमको माध्यमले सहकारी ऐन, नियमको जानकारीसहित आपसी सम्बन्धको विस्तार गराउने उद्देश्यले कार्यक्रम गरिँदै आएको अध्यक्ष कृष्णबहादुर थापाले बताए ।
कार्यक्रममा सहजीकरण गर्दै सहकारीका अभियन्ता प्रशिक्षक भीम गुरुङले सदस्यको साथ सहयोग निरन्तर हुनुपर्ने बताए । सहकारीको मुख्य खम्बा सेयर सदस्य नै रहेकाले कस्तो सहकारी बनाउने जिम्मेवारी सञ्चालकसहित सबै सदस्यको भूमिका महत्वपूर्ण रहने बताए ।
२०६३ मा स्थापित संस्थाले सदस्यहरुका लागि आर्थिक कारोबारसँगै रेडियो सराङकाेट सञ्चालन गर्दै आएको छ । सहकारीले ५४ करोड कारोबार गरेको कोषाध्यक्ष राममणि पौडेलले बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार पूर्व अध्यक्ष प्रेमबहादुर जिसी, शोभियतबहादुर अधिकारी, कमलनायन गौतम, दुर्गाबहादुर सुनार, लेखा संयोजक शिवबहादुर बानियाँ, उपाध्यक्ष वसन्त बानिया, कोषाध्यक्ष राममणि पौडेल, संयोजक मायाकुमारी शर्मा, संस्थाका व्यवस्थापक सुरेन्द्र थापा लगायतले बोलेका थिए । कार्यक्रममा कलाकार युवराज भण्डारीको विशेष गाईजात्रे प्रस्तुतिसमेत रहेको थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया