विन्ध्येश्वरी स्कुलमा सिपिएस अभिभावकीय तालिम
समाधान संवाददाता
२०८१ भदौ १८ गते १२:४०

पोखरा ।
विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा सिपिएसअभिभावकीय तालिम तथा अन्तर्क्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा लावण्य इन्टरनेसनल काठमाडौँका म्यानेजिङ डिरेक्टर मनोज पण्डित र गण्डकी प्रदेशका बजार व्यवस्थापक प्रमुख हरि खनालले विद्यालय प्रशासन, शिक्षक र अभिभावकको संयुक्त प्रयासबाट नै नानीबाबुलाई संस्कारयुक्त असल बनाउन सहयोग पुग्ने बताए । उनीहरुले लावण्य र सिपिएसको बारेमा पनि प्रष्ट्याए ।
कार्यक्रममा कक्षा नर्सरी, एलकेजी र युकेजीका विद्यार्थीहरुले आफूले सिकेका कुराहरु प्रस्तुत गरेका थिए । विद्यालयकी सिपिएस प्रमुख रोजिना लगुनले शिक्षक तथा अभिभावक बिचमा सहजीकरण गरिन् । विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षिका माया क्षेत्रीले गरेकी थिइन् ।
सम्बन्धित








भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया