लिटमसको ‘वायरिङ दमदार, घर शानदार’ योजना

पोखरा ।
लिटमस केबल्सले उपभोक्ताहरूलाई चार्डपर्व लक्षित गरेर ‘वाइरिङ दमदार, घर शानदार’ योजना ल्याएको छ । लिटमस केबल्सबाट वायरिङ गरेका ग्राहकले घरको फोटो, ग्राहकको नाम, ठेगाना र मोबाइल नम्बर कम्पनीको नम्बर र ह्वाटसप एकाउन्टमा पठाउन अनुरोध गरेको छ । यो योजनामा सहभागी भएर जित्ने भाग्यशाली विजेताले हरेक हप्ता एयरपड्स, ड्रिल मेसिन, राइस कुकर, ब्याग प्याक, र इलेक्ट्रिक केटल उपहार जित्ने सक्नेछन् । त्यसका लागि उपभोक्ताले लक्की ड्रमा सहभागी हुनुपर्ने कम्पनीले जनाएको छ ।
लक्की ड्रमा पर्न ३५ हजार माथिको समान खरिद गरेको हुनुपर्ने प्रावधान छ । कम्पनीले सार्वजनिक गरेको यो योजना बम्पर लक्की ‘ड्र’मार्पmत सहभागीहरुले टिभी, वासिङ मेसिन, रेफ्रिजिरेटर र मोबाइल जित्न सक्ने छन् । लक्की ड्र भदौ १५ देखि असोज ३० सम्म लागु हुने कम्पनीले जनाएको छ । लिट्मस इण्डस्ट्रिज लिमिटेड रमेश कर्प अन्तर्गत संस्था हो । नेपालको अग्रणी केबल निर्माता कम्पनी हो । ०३५ सालमा स्थापना भएको लिटमसले उज्यालो र औद्योगिक विकासलाई समर्थन गरेको छ । सन् २०१४देखि लिट्मस इन्डष्ट्रिज लिमिटेडले नेपालमा अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरी तार तथा केबलको निर्माण गर्दै आएको छ । लिट्मस इन्डस्ट्रिजले विस्तृत रुपमा घर र उद्योगमा निरीक्षणको अभिप्रायले प्रदान गर्दै आएको छ । लिट्मसले आफ्नो आधुनिक व्यवस्थापन र गुणस्तर प्रति समर्पण र आगामी धेरै वर्षसम्म नेपाललाई उज्यालो बनाउने लक्ष्य राखेको जनाएको छ ।








पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया